माघ १८ गते प्रदेशसभा बैठक आह्वान
सारांश
- काठमाडौं, ११ माघ ।
- प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले माघ १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेकी छिन् ।
- माघ १८ गते दिउँसो १ बजे लागि बोलाइएको बैठक हेटौंडाका प्रदेशसभा भवनमा बस्ने छ ।
काठमाडौं, ११ माघ । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले माघ १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेकी छिन् ।
माघ १८ गते दिउँसो १ बजे लागि बोलाइएको बैठक हेटौंडाका प्रदेशसभा भवनमा बस्ने छ ।
तीन नम्बर प्रदेशमा नेकपा एमालेको बहुमत छ । तर बहुमत भए पनि एमालेले अहिलेसम्म प्रदेश संसदीय दलको नेता भने चयन गर्न सकेको छैन ।
पार्टीबाट प्रदेश नम्बर तीनमा मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि एमालेलाई कसलाई अगाडि बढाउने भन्ने समस्या देखिएको छ ।
एमाले उपाध्याक्ष अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डे र केशव स्थापितले मुख्यमन्त्रीमा दावी गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया