शेरबहादुर देउवालाई केपी ओलीको प्रश्नै प्रश्न
सारांश
- काठमाडौं, ११ माघ ।
- नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रश्नै प्रश्न गरेका छन् ।
- एमाले पार्टी कार्यालय धुम्बारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले देउवा सरकारलाई प्रश्नै प्रश्न गरेका हुन् ।
काठमाडौं, ११ माघ । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रश्नै प्रश्न गरेका छन् । एमाले पार्टी कार्यालय धुम्बारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले देउवा सरकारलाई प्रश्नै प्रश्न गरेका हुन् ।
६५ वर्षमै वृद्वभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै वृद्धभत्ता खाने हो ?’ भनेर प्रश्न गरेका छन् ।
शेरबहादुरजी आफूले त पाइहाल्नुहुन्छ, भन्दै ओलीले अहिलेका निर्णय अनुचित, अनैतिक, सम्पूर्ण रुपमा फिर्ता लिनुपर्ने भन्दै वृद्वभत्ताको लागि मापदण्ड तयार हुनुपर्ने बताएका छन् ।
अहिलेको सरकारले ६५ वर्ष पुगेकालाई वृद्वभत्ता दिने निर्णय नीति नियम कार्यक्रम पेश गरेको हो कि, बजेट पेश गरेको हो ?
केही प्रश्नहरु बुँदागत रुपमा ।
-यो सरकार संविधानको गलत व्यख्या गरेर झालझेल गरी अत्यन्तै गलत मनाशय बोकेको छ । यो सरकार काम नलाग्ने सरकार, यसलाई के गर्न हुन्छ, के गर्न हुँदैन्, थाहा छैन् ?
-वर्तमान सरकारले जनमतको कदर गर्दै सरकार हस्तान्तरण गर्नुपर्ने, त्यसमा पनि छिटो गर्नुपर्ने होइन् ?
-सरकारले आर्थिक संकट निम्त्याएर देशलाई कंगाल बनाउन खोजेको ?
-निहुँ खोज्नुको पनि हद हिन्छ नि । पूर्णता भनेको के ?
-हामीले काम गर्दा ९ महिनामा धेरै काम भयो, अहिले के भयो ?
-यो सरकारलाई सीमाभन्दा पनि का–का ध्यान छ ?
प्रतिक्रिया