देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले
सारांश
- काठमाडौं, १३ माघ ।
- राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिएका छन् ।
- एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुरा गर्दै महतोले देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको स्पष्ट पारे ।
काठमाडौं, १३ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिएका छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुरा गर्दै महतोले देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको स्पष्ट पारे ।
अर्को प्रसंगमा कार्यक्रममा महत्तोले संविधान संशोधनलाई नयाँ शिराबाट अघि बढाएर टुंग्याउने विषयमा सहमति भए सरकारमा सहभागी हुने संकेत दिएका छन् ।
देशलाई मिलाएर लैजाने सबैभन्दा ठूलो जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीको काँधमा आएको बताउँदै संविधान संशोधनलाई टुंग्याए आफूहरु ओली नेतृत्वको सरकारमा सहभागि हुन तयार रहेको उनले बताए ।
उनले देशलाई अघि बढाउन केपी ओलीलाई जनताको म्यान्डेट प्राप्त भएको बताए ।
एक अर्को प्रसंगमा महतोले यस पटकको निर्वाचनमा २ नं. प्रदेशमा मधेशी गठवन्धनलाई र केन्द्रमा बाम गठवन्धनलाई जनमत प्राप्त भएको जिकिर गरे ।
प्रतिक्रिया