सातजना फुटबलप्रेमीको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सातजना फुटबलप्रेमीको हत्या

सारांश

  • मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ।
  • अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो।
  • देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रूपमा रहेको मोन्टेरिया लगायतका नगरहरूमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो।

मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ।

अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रूपमा रहेको मोन्टेरिया लगायतका नगरहरूमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो।

टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए। फुटबल हेरिरहेका २० जनालाई उनीहरूले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरूले एएफपीलाई जानकारी दिएका छन्।

पछिल्ला वर्षहरूमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागूऔषधजन्य हिंसाका घटनाहरू बढ्दै गइरहेको पाइएको छ।

सन् २००६ मा सरकारले लागूऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो। तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?