४ हजार ८ सय वटा फुल पहिरिएर बिदाइ भए मकवानपुर प्रहरी प्रमुख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
४ हजार ८ सय वटा फुल पहिरिएर  बिदाइ भए मकवानपुर प्रहरी प्रमुख

सारांश

  • हेटौडा ८ असार ।
  • लोकप्रिय काम गरि ४१ दिनमा नै सरुवा भएका मकवानपुरका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठको ४ हजार ८ सय वटा फुलको माला पहिराइ बिदाइ गरिएको छ।
  • नेपाल रास्ट्रिय उपभोक्ता अधिकार मञ्चले ४८ किलोको माला लगाई बिदाइ गर्ने तयारी भए पनि फुलको अभाबमा ४हजार८०० गाेटा फुललाइ गासेर माला बनाएको बताइएको छ।

हेटौडा ८ असार । लोकप्रिय काम गरि ४१ दिनमा नै सरुवा भएका मकवानपुरका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठको ४ हजार ८ सय वटा फुलको माला पहिराइ बिदाइ गरिएको छ।

नेपाल रास्ट्रिय उपभोक्ता अधिकार मञ्चले ४८ किलोको माला लगाई बिदाइ गर्ने तयारी भए पनि फुलको अभाबमा ४हजार८०० गाेटा फुललाइ गासेर माला बनाएको बताइएको छ।  समृद्द नेपाल बनाउने सरकारको घोषणा र एस पी श्रेष्ठको गुन्डागर्दी ,लागु औषध देखि काठ , तस्करी नियन्त्रण , अबैध क्रसर नियन्त्रण ,र बर्षौ देखि रोकिएका काम एक महिना मै गर्न सफल भएका  श्रेष्ठकाे लगापले जनताले साच्चै परिवर्तनको अनुभूति गरेका थिए।

उपभोक्ता अधिकार मञ्चका जिल्ला संयोजक नवराज शाक्यको अध्यक्षता र हेटौडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्दै एस पी श्रेष्ठले आफ्नो ४१ दिनको कार्यकाल पूर्ण सफल रहेको बताउदै आफुले मकवानपुरबासीलाइ छोडेको नभई यहाँको माया लिएर जान लागेको बताए ।

आफु कहिल्यै सिस्टम भन्दा बाहिर नजाने र जहाँ गएपनि सिस्टम बसाएर काम गर्ने बताउदै सरुवा नियमित प्रक्रिया भएकोले यसलाई नियमित प्रक्रियाको रुपमा लिन आग्रह गरे। श्रेष्ठले त्यसाे भने पनि सर्वसाधारणको भने केहि मुठीभरका व्यक्ति खुशी पार्न नसक्दा वहाको ४१ दिनमै सरुवा भएको बुझाई छ।

कार्यक्रममा बोल्दै मेयर हरिबहादुर महतले ४१ दिनको कामको प्रशंसा गर्दै आगामी दिनमा झन् कसैको दबाबमा नपरी काम गर्दै अगाडी बढ्न शुभकामना दिए। आफु पनि पहिला देखि नै जनताको सेवक भै काम गरिरहेको र स्थानीय सरकार र एस पी श्रेष्ठको समन्वयमा अझ धेरै काम गर्ने योजना भएकोमा सरुवा प्रति दु :ख ब्यक्त गरे ।

हेटौडा को बुद्द चोकमा भएको कार्यक्रममा अधिकार मञ्चका नारायणी संयोजक अमिर नकर्मी लगायत सर्वासाधारणको उलेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Poudel Narayan

    धन्यवाद सर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?