माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई

सारांश

  • तेह्रथुम, १६ माघ ।
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।
  • प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि हट्नै नसक्ने बताएका हुन् ।

तेह्रथुम, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि हट्नै नसक्ने बताएका हुन् । उनले दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी एकतालाई बल पुर्‍याउने बताए ।

माघ महिनाभित्रै सहमतिबाटै मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने उनको भनाइ थियो । सचिव भट्टराईले पार्टी एकीकरणपछि कम्युनिस्ट सरकारले लोकप्रिय काम गर्ने र त्यसैका कारण आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबीसमेत गरे ।

(Xanax)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Kina ki Yekata hunewala chhaina .

    Comment Author

    Jyoti Khanal

    Netai pichhe ka kura.

    Comment Author

    Tulsi Gajurel

    Kp oliko dammba suru vako xa badhak oli nai bam ekata ko…..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?