माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४२ पटक हेरिएको
Shares
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम

सारांश

  • काठमाडौँ, माघ १७ ।
  • नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री र प्रदेश प्रमुख छान्ने भएको छ ।
  • प्रदेश इन्चार्जहरुसँगको समन्वय अनुसार केही दिनमै मुख्यमन्त्री र सभामुख चयन गर्न लागिएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

काठमाडौँ, माघ १७ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री र प्रदेश प्रमुख छान्ने भएको छ ।

प्रदेश इन्चार्जहरुसँगको समन्वय अनुसार केही दिनमै मुख्यमन्त्री र सभामुख चयन गर्न लागिएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रवक्ता भुसालका अनुसार, मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्न लागिएको हो । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने हिसाबले पार्टीले निर्णय गर्ने प्रवक्ता भुसालको भनाइ छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रदेश नं ६ र ७ को मुख्यमन्त्री पाएको छ । माओवादी केन्द्रले प्रदेश नं ४ र ५ मा सभामुख पाएको छ । यसैगरी, प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।

माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नं ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी देखिएका छन् । यस्तै प्रदेश नं ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
घोडेपानीमा गुराँस ‘पार्क’
घोडेपानीमा गुराँस ‘पार्क’
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
यसकारण सर्दैछ काँग्रेस महाधिवेशन
भीम रावलसँग संवाद गर्न एमालेले गठन गर्‍यो तीन सदस्य वार्ता टोली
भीम रावलसँग संवाद गर्न एमालेले गठन गर्‍यो तीन सदस्य वार्ता टोली
‘सालार’काे सुनामीमा पनि डंकीले कमायाे ३२३ कराेड
‘सालार’काे सुनामीमा पनि डंकीले कमायाे ३२३ कराेड
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान