मछिन्द्रले सातदोबाटोलाई हरायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
५२ पटक हेरिएको
Shares
मछिन्द्रले सातदोबाटोलाई हरायो

सारांश

  • काठमाडौँ ।
  • सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।
  • सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे ।
  
पराजित सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।
  
खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए । त्यसपछि खेलको ८४औँ मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जितसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
श्रममन्त्री विष्टको योजना: बेरोजगारलाई रोजगारी, नसके भत्ता
श्रममन्त्री विष्टको योजना: बेरोजगारलाई रोजगारी, नसके भत्ता
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
ललितपुर कांग्रेसमा ४ गुटको भाँडभैलो
ललितपुर कांग्रेसमा ४ गुटको भाँडभैलो