ओलीलाई पर्खदैं भारत

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
ओलीलाई पर्खदैं भारत

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।
  • पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको खबर आजको नागरिक दैनिकमा छ ।

काठमाडौं, माघ १७ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।

पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको खबर आजको नागरिक दैनिकमा छ ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई हेरिएको छ । दिलीप पौडेलले खबर लेखेका छन् ।

राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई बर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

नेपाल आयल निगमका एक अधिकारीले भने, -पाइप आए पनि भावी सरकारको नयाँ प्रधानमन्त्रीबाट शिलान्यास गर्ने सन्देश आएको छ । निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’

दुई देशको लागि रणनीतिक महत्वको परियोजना भएकाले प्रधानमन्त्रीद्धारा पाइपलाइनको शिलान्यास गर्ने योजना बनाएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीले निगमलाई उपल्लो तहबाट शिलान्यासको मिति टुंगो लगाउने संकेत गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mongol Gunjan

    नबनाएको राम्रो, किन कि फेरि बन्द गर्दिन सक्छ। बरु चीन बाट पनि ल्याउने मेसो गरे राम्रो। एकलौटी भएर बेला बेला दुख पाइएको सवलाई थाहा छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?