यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?

सारांश

  • काठमाडौं, माघ १७ ।
  • यसपाली नेपाली सेनाले अचच्मै गर्यो ।
  • विद्यार्थीका लागि एसएलसी फलामे ढोका भएझैं, राष्ट्रसेवक कर्मचारी बन्न लोकसेवाको कठिन परिक्षा उत्तिर्ण गर्नुपरेझैं सेनामा पनि दुई तारे जर्नेलसम्म हुन आवश्यक पर्ने स्टाफ कलेजको प्रवेश परिक्षा यति जटिल बनिदियो कि प्रधानसेनापतिका भतिज र टोखास्थित स्टाफ कलेजका हाकिम देव सुदेवीका भतिजसमेतले असफलता सामाना गर्नुपरेको छ ।

काठमाडौं, माघ १७ । यसपाली नेपाली सेनाले अचच्मै गर्यो । विद्यार्थीका लागि एसएलसी फलामे ढोका भएझैं, राष्ट्रसेवक कर्मचारी बन्न लोकसेवाको कठिन परिक्षा उत्तिर्ण गर्नुपरेझैं सेनामा पनि दुई तारे जर्नेलसम्म हुन आवश्यक पर्ने स्टाफ कलेजको प्रवेश परिक्षा यति जटिल बनिदियो कि प्रधानसेनापतिका भतिज र टोखास्थित स्टाफ कलेजका हाकिम देव सुदेवीका भतिजसमेतले असफलता सामाना गर्नुपरेको छ ।

जबकि इतिहासमै पहिलोचोटी एकजना महिला अफिसर भने यो परिक्षामा उत्तिर्ण भएकी छन् । यसरी सफलता हात पार्ने असफसर हुन्– सुलोचना पौडेल ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीका दाई रमिन्द्र, जसलाई द्वन्द्वकालमा माओवादीले गोली हानेर अपाङग बनाइदिएका थिए, उनको राष्ट्रिय सेवा दलमा कार्यरत सेनानी (मेजर) हुन् सुलोचना ।

उनका श्रीमान परिक्षित देउजा पनि यसमा उत्तिर्ण भएका छन् । ०६४ सालमा प्रचण्डले सेनासँगको लफडाको कारण नौ महिनामै सत्ता छाड्नुपरेको थियो ।

उनले कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाए पनि राष्ट्रपति डा. रामवरण यादवले रुक्मागंद कटुवाललाई थमौती गरेपछि पहिलो माओवादी सरकार सत्ताच्युत हुन पुगेको हो ।

उनै कुलबहादुर खड्काका साढुभाई सुरेश बानियाँ यसपाली जर्नेल बन्नबाट वञ्चित भएका छन् । भारतमा एनडिसी कोर्स गर्दै गरेका उनी नेपाल आएर आफ्नो बढुवा हुनुपर्ने माग राखेपछि उनको दावीविरोध उपर छानविन गर्न १० जना जर्नेल बसेर इतिहास पल्टाउँदा कैफियत भेटिएको हो ।

यिनले जोमसोम बस्दाखेरी भ्रष्टाचार गरेको, पोखरा विमानस्थलपारि एउटा होटलमा बसिरहेका बेला एकजना सेनाको जासुस स्वाट्ट छिर्दा माओवादी आयो भन्ठानेर गोली हानी ढालेकोलगायत मामिला यसबीच उजागर भए । यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?