काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
सारांश
- काठमाडौं, १८ माघ ।
- भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आइपुगेकी छन् ।
- दुई दिने नेपाल भ्रमणका लागि आएकी स्वराज चढेको जहाज अपरान्ह ४ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आइपुगेकी छन् । दुई दिने नेपाल भ्रमणका लागि आएकी स्वराज चढेको जहाज अपरान्ह ४ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थराज्यमन्त्री उदयशमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए । स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविसकुमार र दुई जना सञ्चारकर्मीलगायत भारतीय अधिकारी छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बेलुका होटल सोल्टीमा रात्रिभोजको आयोजना गर्दैछन् ।
प्रतिक्रिया