क्यान्सर अस्पतालमा छटपटाउँदै गरेका सन्तोषलाई एकै दिनमा २ लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
क्यान्सर अस्पतालमा छटपटाउँदै गरेका सन्तोषलाई एकै दिनमा २ लाख

सारांश

  • मनिषा राई काठमाडौं, २२ माघ ।
  • माडी गाउँपालिका– ५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षीय ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरको उपचारको लागि विदेशमा रहेका प्रवासी नेपाली तथा स्वदेशमा मनकारी सहयोगदाताहरुले आर्थिक सहयोग गरेका छन् ।
  • उपराष्ट्रपतिपुत्र दीपेश पुनमगरले आफै २० हजार जम्मा गरी अरुलाई पनि सहयोग गर्न अपिल गर्नुका साथै सहयोग अभियान अगाडि बढाएपछि सन्तोषको उपचारका लागि एकै दिनमा २ लाख सहयोग जुटेको हो ।

मनिषा राई

काठमाडौं, २२ माघ । माडी गाउँपालिका– ५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षीय ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरको उपचारको लागि विदेशमा रहेका प्रवासी नेपाली तथा स्वदेशमा मनकारी सहयोगदाताहरुले आर्थिक सहयोग गरेका छन् । उपराष्ट्रपतिपुत्र दीपेश पुनमगरले आफै २० हजार जम्मा गरी अरुलाई पनि सहयोग गर्न अपिल गर्नुका साथै सहयोग अभियान अगाडि बढाएपछि सन्तोषको उपचारका लागि एकै दिनमा २ लाख सहयोग जुटेको हो ।

“आज मात्रै नेपाल र विदेशमा भएका नेपालीहरुबाट करीव २ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको हो”, दीपेशले भने । सन्तोषका लागि थवाङ निवासी हाल रोल्पा काठमाडौँ संघीय जनसम्पर्क मन्चका उपाध्यक्ष अमला रोकामगरले ५० हजार, उपराष्ट्रपतिपुत्र दीपेश पुनले २० हजार, उपराष्ट्रपति कार्यालयका प्रेस संयोजक मनोज घर्तीमगरले १० हजार, माडी गाउँपालिकाका सदस्य तथा महिला अधिकारकर्मी आइतमाली वलीले २० हजार, तेजप्रसाद रेग्मीले ३० हजार, सुषमा राईले १० हजार सहयोग गरेका छन् ।

यस्तै रोल्पा–काठमाडौं संघीय जनसम्पर्क मञ्च काठमाडौंले पनि बैठक बसी आर्थिक संकलनको पहल गरिरहेको जानकारी दिएको छ । मञ्चले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य वर्षमान पुन “अनन्त”ले समेत सहयोगको आश्वासन दिएका छन् ।
यसैगरी, पीडित सन्तोषको सहयोगको लागि नेपाल तथा नेपाल बाहिरका युवाहरुले सन्तोष बचाउ अभियान नेपाल, भावाङ्गी प्रवासी समूह साउदी अरेबिया, सन्तोष बचाउ अभियान दोहा कतार, मनकारी कोष माडी गाउँपालिका भावाङ रोल्पा मलेसिया लगायत अभियानबाट सहयोग संकलन गरिरहेका छन् ।

स्वदेश तथा बिदेशमा रहेका रोल्पाली लगायत सम्पूर्ण नेपालीहरु यतिवेला सन्तोषको लागि सहयोगमा जुर्मुराइरहेको माडी गाउँपालिका ५ भाबाङका वडाअध्यक्ष भरत बुढामगरले बताए । उनका अनुसार सन्तोषको उपचारमा आर्थिक संकलन गर्नको लागि मोबाइल, फेसबुक ग्रुप च्याट आदिबाट पहल भइरहेको छ ।

भाबाङ रोल्पाका वडाअध्यक्ष बुढामगरले वडा कार्यालयकै पहलमा ग्लोबल बैंकमा खाता खोलिएको जानकारी दिँदै पीडितका जेठान अमृतबहादुर घर्तीको नाममा खाता खोलिदिएको बताए ।

वडाअध्यक्ष बुढाले ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरलाई आर्थिक सहयोग गर्न चाहने सहयोगीहरुले ग्लोबल आइएमई बैंकको खाता नं. ३३०९०१११५०२७२ मा सहयोग गर्न सकिने समेत अनुरोध गरे । क्यान्सर पीडित सन्तोष जनयुद्धका सहिद धनिराम बुढामगरको छोरा हुन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्र आजबाट बिक्रि खुल्ला
इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्र आजबाट बिक्रि खुल्ला
वन्यजन्तुको चोरी शिकार वृद्धि
वन्यजन्तुको चोरी शिकार वृद्धि
डा. गोविन्द केसीको अनशन : कति जायज ?
डा. गोविन्द केसीको अनशन : कति जायज ?

तपाईंले छुटाउनुभयो कि?