‘भूत आतंक’ फैलाउनेलाई कारबाही शुरु, प्रहरी फन्दामा को-को ?
सारांश
- काठमाडौं, माघ २५ ।
- केही दिनअघि मात्रै ललतिपुरको टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
- ‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो ।
काठमाडौं, माघ २५ । केही दिनअघि मात्रै ललतिपुरको टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।
घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार बेलुका नै कार्यालयमा बोलाइएको थियो ।
‘घटनाबारे मंगलबार साँझदेखि सोधपुछ भइरहेको छ’ सिलवालले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो ।
प्रतिक्रिया