प्रदेश ६ को कांग्रेस संसदीय दलको नेतामा शाही

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • सुर्खेत, माघ २६ ।
  • प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ ।
  • कांग्रेसको प्रदेश सभा संसदीय दलले जीवनबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो ।

सुर्खेत, माघ २६ । प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसको प्रदेश सभा संसदीय दलले जीवनबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो ।

दलको नेताका लागि शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । प्रदेश सभामा हुम्लाबाट विजयी भएका शाही कांग्रेसका केन्द्रीय सदस्य हुन् । प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट शाही मात्र निर्वाचित भएका थिए ।

पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए तर यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ ।

हाल प्रदेश सभाका कांगे्रसका ६ जना मात्र सांसद छन् । संसदीय दलको नेताका लागि शुक्रवार वीरेन्द्रनगरमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।

शाहीलाई दलको नेता चयन भएको प्रमाणपत्र प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले प्रदेशको विकासमा नेतृत्वदायी भूमिका खेल्न आफ्नो पार्टी तयार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?