ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

सारांश

  • काठमाडौं, २६ माघ ।
  • राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।
  • शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला।

काठमाडौं, २६ माघ ।राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला।’

नेता झाले भने,‘ऋषिजी ओलीजीलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर दिनरात खटिरहनुभएको छ, अहिलेसम्म उहाँको नेतृत्वमा सरकारमा जानेबारे हाम्रो पार्टीमा छलफल भएको छैन्।’

झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो पोखे । उनले भने,‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं।’ अब बन्ने सरकारले आफूहरुको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाई थियो ।

त्यस्तै उनले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाए । उनले भने,‘संयुक्त सरकार बनाउनोरे प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ।’ उनले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाए ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Paudel Laxman

    त हरामीलाइ कसले सरकारमा बोलाएको छ र जान्छ्स ओलिले बोलाउन पनि पर्यो नि संविधान समसोधनको नाटक अब सकियो चुप लागेर वस

    Comment Author

    Ramesh Kumar

    Nepal kai Netrityo bata baira ja terotrityo bihar tiraho

    Comment Author

    Ram Rai

    तिमिहरुले सुनपानीले चाेखिएर कसम खाएपनि सरकारमा किन सहभागी गराउने?सर्पलाई जति दूध खुवाएर राखे पनि एकदिन डस्ने नै हाे,अनि?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
धारा निर्माण गर्ने मनकारी दाता
धारा निर्माण गर्ने मनकारी दाता
सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार
सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या

तपाईंले छुटाउनुभयो कि?