एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

सारांश

  • काठमाडाैं, माघ २८ ।
  • नेकपा एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ ।
  • अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् ।

काठमाडाैं, माघ २८ । नेकपा एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् ।

अाजको नयाँ पत्रिकामा खबर छ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भने, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् ।

सभामुख चयनमा निरंकुशता लादिएको आरोप
एमाले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट सांसदहरूले प्रदेश ३ को सभामुख चयनमा निरंकुशता लादिएको आरोप लगाएका छन् । संसदीय दलको बैठकमा छलफलै नगरी सभामुखमा सानु श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको भन्दै नेपालनिकट सांसदहरू अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, अरुण नेपाल, लक्ष्मण लम्साललगायतले विरोध जनाएका हुन् । उनीहरूले बहुमतको नाममा विधि र प्रक्रिया मिचेर निरंकुश ढंगले दल सञ्चालन गर्न खोजिएको भन्दै समानान्तर गतिविधि गर्ने चेतावनी दिएका थिए । ओलीसँगको शनिबारको छलफलमा नेता नेपाल र खनालले विधिसम्मत तरिकाले प्रदेश सभा दल सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।

ओलीले भने: लामो–लामो छलफलले पनि टुंगिएन
बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग निरन्तर धेरै लामो–लामो ‘वन अन वन’ छलफल भए पनि एकताको मोडालिटी टुंगो लाग्न नसकेको ‘ब्रिफिङ’ गर्दै शीर्ष नेताहरूसँग सुझाब मागेका थिए । ‘प्रचण्डजीसँग एकताको मोडालिटी, सैद्धान्तिक–वैचारिक पक्ष कसरी मिलाएर कार्यदल बनाउनेबारे धेरै लामो–लामो छलफल भयो, तर अझै विषयहरू टुंगोमा पुग्न सकेनन् भन्दै अध्यक्षज्यूले ब्रिफिङ गर्नुभो,’ छलफलमा सहभागी एक नेताले भने ।

सरकार गठनबारे स्थायी समितिमा छलफल
सरकार गठन, माओवादी केन्द्रसँगको पार्टी एकता, निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फको समानुपातिक सूची बुझाउनेलगायत विषयमा छलफल गर्न एमालेले आइतबार स्थायी समिति बैठक बोलाएको छ । बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको एकताका विषयमा पनि ‘ब्रिफिङ’ गर्नेछन् ।

ओली–प्रचण्ड छलफलपछि एकता संयोजनको बैठक

स्थायी समितिमा छलफल भएपछि पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच छुट्टै कुराकानी हुने भएको छ । एक चरण वाम गठबन्धनका प्रमुख नेताबीच कुराकानी भएपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने एक नेताले बताए । समितिबाट पार्टी एकता र सरकार गठनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने भनिए पनि दुई नेताबीच एकताको मोडालिटीमा सहमति जुटिसकेको छैन । शुक्रबारै बैठक बोलाउने तयारी भए पनि एमाले प्रदेश संसदीय दलको निर्वाचन तथा माओवादी अध्यक्ष प्रचण्ड चितवन रहेका कारण छलफल भएन । प्रचण्ड आइतबार चितवनबाट काठमाडौं फर्किंदै छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pratap Rasaily

    एमालेका नेतागण नयाँ पुरानो मोडा िलटी केही होइन एक व्यक्ति एक पदको अवधारणा ोलएर अाए ज ितबेला प िन पार्टी एकता हुन्छ । नत्र कुरै नगरे प िन हुन्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
उपरथी शर्माको पदावधी थपः पूर्णचन्द्रपछि सेनाको सेनापति बन्ने लगभग निश्चित
विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
आजको राशीफल
आजको राशीफल
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली
‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?