यसरी हुँदैछ प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
४८ पटक हेरिएको
Shares
यसरी हुँदैछ प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य

सारांश

  • काठमाडौं, १ फागुन ।
  • प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ ।
  • मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही संसदीय दलको नेतामा चयन भइसकेको र उनको नेतृत्वमा सरकार गठनको गृहकार्य थालिएको हो ।

काठमाडौं, १ फागुन । प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ । मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही संसदीय दलको नेतामा चयन भइसकेको र उनको नेतृत्वमा सरकार गठनको गृहकार्य थालिएको हो ।

आफ्नो नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि नेता शाहीले सरकार गठनका लागि आन्तरिक गृहकार्य थालेको बताइएको छ । संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसदमा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।

त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिएकी छन् । प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका २० र माओवादी केन्द्रकाबाट १३ जना सदस्य छन् । एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डल हुनेछ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको ७ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
आन्तरिक हवाई उडानमा अत्यधिक चाप
आन्तरिक हवाई उडानमा अत्यधिक चाप
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग
मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश
मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश
युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?