प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री

सारांश

  • काठमाडौं, ३ फागुन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
  • उनले भर्खरै देशवासीका नाममा सम्बोधन गर्दै आजै राजीनामा दिने घोषणा गरेका हुन् ।

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । उनले भर्खरै देशवासीका नाममा सम्बोधन गर्दै आजै राजीनामा दिने घोषणा गरेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको सम्पूर्ण परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हिजो पेश गरेको थियो । त्यसपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । आजै वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आफूहरुसँग स्पष्ट बहुमत भएको भन्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी गरिसकेको छ । सम्भवतः राष्ट्रपति भण्डारीले आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?