यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा, के यो पूरा होला ?
सारांश
- काठमाडौं, ३ फागुन ।
- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ वर्षभित्र मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।
- उनको यो घोषणासँगै के यो पूरा होला ?
काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ वर्षभित्र मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । उनको यो घोषणासँगै के यो पूरा होला ? भन्ने प्रश्न पनि उठ्न थालेका छन् ।
बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले सबै गाउँपालिका र नगरपालिकामा सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्षभित्रै निर्माण गर्ने योजना अघि सारेका छन् । संसदका सम्पूर्ण गतिविधि सञ्चालन हुनेगरी २ वर्षभित्र भवन निर्माण गर्न भोलिबाटै काम सुरु गर्ने उनको योजना छ ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुनेगरी आफूले शासन सञ्चालन गर्न प्रतिवद्ध रहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखी, प्रभावकारी र सवल रुपमा सञ्चालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर पनि गरेका छन् ।
निर्णयमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्ति व्यवस्थामा जोड दिने उल्लेख छ । प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिने पनि स्पष्ट पारेका थिए ।
उजितसिं सिं
गर्न नदिए अलगैहो तर सम्भवनहोला भन्न सकिन्न, साथ तपाई हाम्रोहो होकिहोईन?