१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • केही दिनअघि १४ वर्षीय बालिका बलात्कारको घटनाको नयाँ रहस्य खुलासा भएको छ ।
  • केही दिनअघि पक्राउ परेका घटनाका मुख्य आरोपित जीवन श्रेष्ठले प्रहरी समक्ष २५ लाख पीडित परिवारलाई दिने गरी मिलापत्र गरिएको घटना बाहिरिएको छ ।

काठमाडौं, ५ फागुन । केही दिनअघि १४ वर्षीय बालिका बलात्कारको घटनाको नयाँ रहस्य खुलासा भएको छ । केही दिनअघि पक्राउ परेका घटनाका मुख्य आरोपित जीवन श्रेष्ठले प्रहरी समक्ष २५ लाख पीडित परिवारलाई दिने गरी मिलापत्र गरिएको घटना बाहिरिएको छ ।

उक्त घटनालाई जनप्रतिनिधि र उच्च प्रहरी अधिकृतबाटै गुपचुपमा राखिएको थियो । गत पुस १७ गते इटहरी उपमहानगरपालिकास्थित तरहराकि १४ बर्षिया बालिकालाई धरानका जोकम लिम्बु र विराटनगरका मनिस भनिने जीवन श्रेस्ठले इटहरीकै रोयल रिसोर्टमा सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न लिम्बुलाई प्रहरीले मुद्दा दर्ता भएकै भोलिपल्ट पक्राउ गरिसकेको छ । उक्त घटना मिलाउन पिडक पक्षमध्ये मनिष श्रेष्ठलेमात्रै ठूलै रकम लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बलात्कारको घटना सार्वजनिक हुने डरले पिडित बालिकाको परिवारलाई रू २५ लाख दिएको मुख्य आरोपित मनिषले प्रहरीले समक्ष बयान दिएका छन् । तर पिडित पक्षले भने अहिलेसम्म कतैबाट एक रूपैयाँ पनि नपाएको दाबी गरिरहेको छ ।

घटना मिलापत्रमा नेपाल तरूणदल सुनसरीका सभापति सिजन गुरूङ, इटहरी उपमहानगरपालिका वाड नं. २० का वडाध्यक्ष मणि श्रेष्ठ र तरूणदलकै सुनसरी उपसभापति सन्तोष बिवकलगायत अन्यको प्रत्यक्ष संलग्नता देखिएको प्रहरी श्रोतले बताएको छ ।

बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गरी मिलापत्र गराउनेमा संलग्न देखिएका तरूण दल सुनसरी सभापति गुरूङ, उपसभापति बिक र वडाध्यक्ष श्रेष्ठ तिनैजना फरार रहेका छन् ।

उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । फरार रहेकाहरू पक्राउ परे लगत्तै थप रहस्यमय कुराहरू खुल्ने प्रहरीले बताएको छ ।

पीडकले २५ लाखमा घटना मिलापत्र गरिएको बताएपनि पिडित पक्षले नपाएको भन्ने बयानलाई मध्यनजर गर्दा फरार रहेको बिचौलियाहरूमाझ रकम घुमिरहेको अनुमान लगाइएको छ ।

फरार रहेका बिचौलियाहरू उपर सार्वजनिक ऐन अन्तरगत मुद्दा दर्ता गरी खोजी कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य राउतले बताए ।

यसअघि नै बालकिा बलात्कार प्रकरणमा घटना मिलाउन दबाब दिने सुनसरीका तत्कालिन प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक चिरञ्जिवी दहाल निलम्बनको सिफारिसमा परिसकेका छन् ।

पक्राउ परेका दुवै अभियुक्तहरूलाई प्रहरीले नियनत्रणमा लिई थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?