मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ को मृत्यु
सारांश
- मेक्सिको, फागुन ६ ।
- मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् ।
- शुक्रबार मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका उच्च तहका कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको हो ।
मेक्सिको, फागुन ६ । मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका उच्च तहका कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको हो ।
बीबीसीका अनुसार सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो । मेक्सिकोको ओक्साआकामा ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो ।
आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया