डिस होमको आकर्षण नेपालभर बढ्दो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
डिस होमको आकर्षण नेपालभर बढ्दो

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • नेपालमा अहिले डिजिटल प्रविधिमा टीभी हेर्ने ग्राहकको संख्या दिनदिनै बढ्दै गएको छ ।
  • त्यसैलाई ध्यान दिएर नेपालकै पहिलो उच्च गुणस्तरको डिजिटल प्रविधिसहितको टीभी च्यानल डिस होमले शुरू गरेको हो ।

काठमाडौं, फागुन ६ । नेपालमा अहिले डिजिटल प्रविधिमा टीभी हेर्ने ग्राहकको संख्या दिनदिनै बढ्दै गएको छ । त्यसैलाई ध्यान दिएर नेपालकै पहिलो उच्च गुणस्तरको डिजिटल प्रविधिसहितको टीभी च्यानल डिस होमले शुरू गरेको हो ।

डिस होमले समयअनुसार नयाँ–नयाँ प्याकेजहरु ल्याइरहेको छ । यस्तै पछिल्लो समय डिस होमको आकर्षक योजना सार्वजनिक भएको छ । योजना अन्तर्गत डिसहोमले ग्राहकलाई मध्यनजर गर्दै २ हजार ९९९ छुटसहितको प्योकज ल्याएको हो ।

डिस होमका ग्राहकले ३५० देखि ६०० रुपैयाँ पर्ने डिसहोम एचडी च्यानल जडान गर्ने सुविधा पाउनेछन् । अब ग्राहकले ३५०, ४५०, ५५०, ६०० रुपैयाँमा आफ्नो रोजाईअनुसार एचडी च्यानल हेर्न पाउने भएका हुन् ।

डिसहोमले नयाँ च्यानलहरु हेर्नको लागि डिसहोमका ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेजमा ३५ वटा एचडी च्यानल र बाँकी स्ट्यान्र्डड च्यानल प्याकेजमा ल्याएको हो ।

जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने

सरकारले अनिवार्य रुपमा लागू गर्न लागेको डिजीटलाईजेशनलाई ध्यानमा राख्दै सर्वसाधारणले पनि सहुलियतमा डिस होमको डिजिटल सेवा पाउन भन्ने उद्देश्यले यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले मुलुकभर ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

यस्तै डिस होमले दशैं तिहार, नयाँ वर्षलगायत अन्य चाडपर्वलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याउँदै आएको छ । गएको दसैँतिहारको अवसरमा खुसी अन गरौं योजनाअन्तर्गत २ हजार ९ सय ९९ मै डिसहोम जोड्न सकिने योजना पनि ल्याएको थियो ।

दशैं तिहारमा नै डिस होमले डिस होमले दुई नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको थियो । डिसहोमले ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस’ नामक दुई नयाँ मनोरन्जनात्मक च्यानलको प्रशारण सुरु गरेको हो ।

च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभीमा नेपाली हाँस्यश्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुँदै आइरहेको छ ।

यसैगरी च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा नेपालभर हुने फुटबल, क्रिकेटलगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।

यस्तै दुई हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने सम्पूर्ण ग्राहकहरुका लागि पनि धेरै बोनसको व्यवस्था गरिएको योजना पनि ल्याएको थियो । यो योजना अत्यन्त उत्साहप्रद भएको र ग्राहकहरुले रुचाएका पनि थिए ।

‘ग्राहकहरूले जुनसुकै कुरा पनि राम्रो र सफा च्यानलमा हेर्न चाहन्छन् । त्यसका लागि डिस होम उपयुक्त छ । यो देशको जुनसुकै भूभागमा पनि एउटै क्वालिटीमा हेर्न सकिन्छ ।’ महाप्रबन्धक,  डिस होमका कल्याण अधिकारी बताउँछन् ।

कल्याण अधिकारी, महाप्रबन्धक डिसहोम मिडिया नेटवर्क

त्यसैले, नेपालको एउटै मात्र उच्च एचडी क्वालिटीमा टीभी च्यानल देखाउने डिस होम मात्रै हो । यूरोकप, कोपा अमेरिका मात्रै होइन, सबै च्यानलको गुणस्तरीय सेवा र सेवा खरीदपछिको सेवाका लागि पनि डिस होम उपयुक्त छ । उनले भने, ‘बजार प्रवर्द्धन गर्ने योजना अनुसार हामीले विभिन्न टीभी ब्राण्डका आउटलेटहरूमा आफ्ना प्रतिनिधि राखेर डिस होमबारे जानकारी गराउँदै आइराखेका छौं ।’

के भन्छन् डिस होमबारे ?

डिस होमका ग्राहक हुम्लाका बिस्नु फडेरा भन्छन्, ‘डिस होमको क्वालिटी र यसले प्रदान गरेका च्यानलहरु हामीलाई शहर बजारमै बसेर हेरिरहेको जस्ता लागेको छ । अहिले त एचडी च्यानल पनि ससक्राइब गरेको छु, नेपाली फिल्महरु हेर्न हलसम्म पनि पुगन परेको छैन् ।’

त्यसैगरी रामेछापकी रितु केसी भन्छिन्, ‘अहिले त हाम्रो गाउँ नै डिसहोममय बनेको छ । पहिला–पहिला नेपाली फिल्म हेर्न आउन दिनभरको काम छोडेर शहर नै आउनपथ्र्यो, तर अहिले त्यस्तो झन्झटबाट मुक्ति पाएका छौं । घरमा बसेर परिवारसँगै नेपाली फिल्म हेर्न पाएका छौं ।’

कपनकी मुना बोहोरा भन्छिन्, ‘डिसहोमको क्वालिटी पहिलाको भन्दा धेरै नै राम्रो छ । दिनभर घरमा बसेर डिसहोममा आउने विभिन्न कार्यक्रम÷सिरियलहरु हेरेर बस्ने गर्दछु ।’

यसरी हेर्दा डिस होमले आफ्नो सेवा र गुणस्तरलाई शहरदेखि गाउँसम्म एउटै गुणस्तरमा विस्तार गरेको देखिन्छ । शिखरन्यूजका लागि मनिषा त्रिपाठीको रिपोर्टः–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
तरकारी र फलफूल आयात कम गरिनेछ  : मन्त्री महत
तरकारी र फलफूल आयात कम गरिनेछ : मन्त्री महत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले
शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै