प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…

सारांश

  • काठमाडौं, फागुन १२ ।
  • पुत्रवियोगको पीडा नसकिँदै माओवादी अध्यक्ष प्रचण्डलाई अर्को पीडादायी स्थिति थपिएको छ ।
  • केही वर्षअघि आफ्नी प्रिय पुत्री र यसै वर्ष आफ्नो एक मात्र छोरा गुमाएका प्रचण्डलाई थपिएको अर्को पीडा पत्नीको कारणले हो ।

काठमाडौं, फागुन १२ । पुत्रवियोगको पीडा नसकिँदै माओवादी अध्यक्ष प्रचण्डलाई अर्को पीडादायी स्थिति थपिएको छ । केही वर्षअघि आफ्नी प्रिय पुत्री र यसै वर्ष आफ्नो एक मात्र छोरा गुमाएका प्रचण्डलाई थपिएको अर्को पीडा पत्नीको कारणले हो ।

पहिले पनि अलिक असामान्य मानिने प्रचण्डपत्नी सीता दाहाल छोरा प्रकाशको निधनपछि झनै असामान्य बनेकी छिन् । पत्नीको कारण प्रचण्ड पछिललो समय झन तनावमा रहेका बुझिन्छ ।

एकैछिन अघि भेटेको मान्छे कुरा गर्दागर्दै नचिन्ने, पुराना कुराहरू सम्झने तर तत्कालका सन्दर्भ बिर्सने, एक्लै पनि बर्बराइरहनेजस्ता समस्या देखिएपछि केही साताअघि सीतालाई उपचारका लागि भारत पुरÞ्याइएको थियो ।

चिकित्सकहरूले उनलाई अल्जाइमर भएको आशङ्का गरेका छन् । अल्जाइमर दिमागी रोग हो र यो रोग लाग्ने मानिसले शुरुशुरुमा असामान्य व्यवहार देखाउन थाल्छन् ।

रोग बढ्दै जाँदा धेरै पुराना कुराहरू सम्झने, तर अहिले के गर्दै छु भन्ने थाहा नपाउने स्थिति हुन्छ र, त्यस्तो चरणमा प्रवेश गरेपछि नित्य कर्म गर्ने हेक्कासमेत रोगीमा रहँदैन । यो रोग लागेका बिरामी शारीरिक रूपमा ठिकै रहने हुँदा उनीहरू लामै आयु बाँच्ने हुन्छन् ।

सीता दाहालमा समेत यस रोगका लक्षणहरू देखिन थालेपछि पुत्रसुखबाट वञ्चित प्रचण्ड पत्नी जीवित हुँदाहुँदै पत्नीसुखबाट समेत वञ्चित हुने स्थितिमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
प्रधानन्यायाधीश पराजुलीले दिए ६१ अर्ब छुट
प्रधानन्यायाधीश पराजुलीले दिए ६१ अर्ब छुट
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
ग्यास्ट्रिक के हो र यसबाट कसरी बच्ने ?
ग्यास्ट्रिक के हो र यसबाट कसरी बच्ने ?
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
बाढीपीडितका समस्या समाधान होलान् त !
बाढीपीडितका समस्या समाधान होलान् त !
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली