प्रधानन्यायाधीश पराजुलीले दिए ६१ अर्ब छुट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश पराजुलीले दिए ६१ अर्ब छुट

सारांश

  • काठमाडौं, १ चैत – प्रधान्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र  फैसलाका कारण देशले ठूलो राजस्व गुमाएको छ ।
  • त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा व्यहोरेको हो।
  • पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा (एनसेल), निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

काठमाडौं, १ चैत – प्रधान्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र  फैसलाका कारण देशले ठूलो राजस्व गुमाएको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा व्यहोरेको हो।

पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा (एनसेल), निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । ती कम्पनीहरुले बुझाउनुपर्ने ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्वमा अन्तरिम आदेश भएपछि छुट पाएका छन्।

सर्वोच्चको आदेशपछि टेलियासोनेराको ४५ अर्ब ४१ करोड, श्रेष्ठको १२ अर्ब ५८ करोड, सिनर्जी नेपालको २ अर्ब १९ करोड, गोर्खा ब्रुअरीको ५१ करोड, सूर्य नेपालको २५ करोड, मल्ल होटलको ८ करोड, अन्तः शुल्क स्टिकरको ७ करोड रुपैयाँ कर संकलन प्रभावित भएको छ।

सर्वोच्चले रेनोल्ड होल्डिङ्स तथा नेपाल स्याटेलाइट टेलिकमको रकम फुकुवा गर्न आदेश दिएको थियो । त्यसबाट सरकारलाई २५ अर्ब रुपैयाँ घाटा भएको छ । अदालतले फुकवा गरेपछि रेनोल्ड होल्डिङ्सले साढे २३ अर्ब रुपैयाँ विदेश लगिसकेको छ।

कर निर्धारणका लागि सरकारी निकायले ताकेता गरेपछि कम्पनीहरु अदालतमा जाने र अदालतले कम्पनीका पक्षमा फैसला गर्ने क्रम बढेको छ।
सरकारी निकायले सुरु गरेको कामले व्यापार व्यवसायमा अपूरणीय क्षति हुने भएकाले कर निर्धारण नगर्नु/नगराउनु भन्ने अदालतको आदेश रहेको छ । पराजुलीले सर्वोच्च अदालमा आउनुअघि गरेका फैसला पनि शंकाको घेरामा छन् । उनले गरेका मेडिकल कलेजसम्बन्धी फैसला विवादमा पर्दै आएका छन्।

आवश्यक पूर्वाधार नभएको भन्दै मेडिकल काउन्सिलले मेडिकल कलेजको सिट कटौती गर्दा परेको मुद्दामा कलेजका पक्षमै आदेश हुँदै आएका थिए ।
पछिल्लो समयमा पराजुलीको जन्ममिति विवाद चर्किएको थियो । उनका प्रमाणपत्रमा फरक फरक मिति रहेका कारण अवकाश मिति फरक पर्न गएको हो ।

 आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तापक्षको एकलौटी मतले प्रदेश ७ को नाम र राजधानी स्वीकृत
सत्तापक्षको एकलौटी मतले प्रदेश ७ को नाम र राजधानी स्वीकृत
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
समानुपातिक निर्वाचनको ताजा दलगत स्थिति
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
काठमाडौँका ७ वर्षीय बालकमा कोरोना
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !
भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो
भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु

तपाईंले छुटाउनुभयो कि?