एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही

सारांश

  • वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् ।
  • जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् ।
  • मन्त्री पण्डितको सचिवालयका अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो ।

वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् ।

मन्त्री पण्डितको सचिवालयका अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो ।

ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डिले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना तिराएका स्वकीय सचिव ओसिस आलोमले जानकारी दिए । ‘ती होटललाई छिट्टै मापदण्ड पूरा गर्न पनि निर्देशन दिइएको छ’, आलमले भने ।

सिमेन्ट उद्योगलाई पनि कारवाही

त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।

वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।

त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाडौं, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडेल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात  जना घाइते
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात जना घाइते
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
विजयनगरको दोस्रो गाउसभा वाट १७ कानुन पारीत
विजयनगरको दोस्रो गाउसभा वाट १७ कानुन पारीत
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

तपाईंले छुटाउनुभयो कि?