नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १, २०७३
|
|
१९७ पटक हेरिएको
Shares
नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’

सारांश

  • भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको आरोप बताए ।
  • बिजुक्छेले भने ‘देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।
  • ’ भारतले नेपाललाई भुटान बनाउन खोजेको बताउँदै बिजुक्छेले भने ‘भारतले अब नेपालले राख्ने हरेक अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएरमात्र अघि बढ्नुपर्ने वातावरण बनाएको छ, त्यसलाई समर्थन गर्न दाहाल नेतृत्वको सरकारले भूमिका खेलेको छ ।

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको आरोप बताए ।

बिजुक्छेले भने ‘देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।’

भारतले नेपाललाई भुटान बनाउन खोजेको बताउँदै बिजुक्छेले भने ‘भारतले अब नेपालले राख्ने हरेक अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएरमात्र अघि बढ्नुपर्ने वातावरण बनाएको छ, त्यसलाई समर्थन गर्न दाहाल नेतृत्वको सरकारले भूमिका खेलेको छ ।’

नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने टिप्पणी गर्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी गरे ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचन गर्न सरकार गम्भीर नबनेकाले संविधानले निर्धारण गरेको समयभित्र निर्वाचन नहुने र निर्वाचन अन्योलमा परेको बताए ।

निर्वाचनको मिति तोक्न र तयारी गर्न सरकारले नै सहयोग नगरेको निर्वाचन आयोगले बताउनुले पनि यसलाई पुष्टि गर्ने उनको भनाइ छ ।

संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने उनको तर्क छ ।

नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाउँदै बिजुक्छेले भने ‘कूटनीतिक पक्षलाई सवल पार्न नसके अन्तर्राष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्छ, यसले नेपाललाई नै हानि हुन्छ ।’

नेपाली काँग्रेसले दाहाललाई प्रयोग गरेर विगतका आफ्ना गल्ती सुधार्न थालेको बताउँदै उनले अब केही महिनाभित्रै नयाँ सत्ता समीकरण हुने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?