प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

सारांश

  • काठमाडाैं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ।
  • भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ।

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ। त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ।

प्रधानमन्त्री दाहाल भारतको चार दिने औपाचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?