रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • (राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण बनाउन माग गरेको छ ।
  • पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन् ।

काठमाडौं, २२ फागुन । (राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण बनाउन माग गरेको छ ।

पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन् । ‘कैलाली क्षेत्र नम्बर १ बाट जनताको अपार माया र मतले निर्वाचित रेशम चौधरी यो संसदमा हुनैपर्छ,’ महतोले भने, ‘कसैलाई कुनै आरोप लाग्नसक्छ, आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’

उनले चौधरीलाई संसदमा ल्याउने वातावरण बनाउन सरकार र संसद सचिवालयलाई आग्रह गरे ।

टीकापुर घटनाको मुख्य दोषी रहेको आरोप लागेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि जेल चलान गरेको छ । दुई वर्षअघि कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?