धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर
सारांश
- काठमाडौं, २३ फागुन – गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् ।
- गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्।
- आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २३ फागुन – गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् । गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्। आजको नागरिक दैनिकमा खबर छ ।
रेखाको संस्था रेखा शाह फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रम उनले नारीको सम्मानार्थ गर्न लागेको बताइन् । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’उनले भनिन्,‘मार्च महिना नारी विशेष महिना हो । म आफै लैंगिक विषयको विद्यार्थी हुँ।
त्यसकारण नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’ उनले कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्दै आइरहेको फाउन्डेसनले विभिन्न क्षेत्रका आधा दर्जन नारीहरूलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्ने बताइन्।
२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायनमा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थी पनि हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले ‘द लाइन’, ‘आकृति’, ‘स्मृति’जस्ता एल्बमहरू प्रकाशन गरेकी छिन् । उनले गाएका ‘तिमीलाई केही हु“दै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखुँ भने’ लगायतका गीत चर्चित छन्।
एकल कार्यक्रममा रेखाले आफ्नासहित शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका डेढ दर्जन गीत सुनाउनेछिन् । कार्यक्रममा उनलाई ‘द लिजेन्ड व्यान्ड’ले वाद्यवादनमा र युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन्।
प्रतिक्रिया