देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
सारांश
- काठमाडौं, २४ फागुन ।
- सरकारले चालु आर्थिक वर्षको मध्यवधि समीक्षा गर्दै निर्वाचनको बाहनामा तत्कालिन नेपाली कांग्रेस र सो पार्टीका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको खुलासा गरेको छ ।
- बुधवार साँझ अर्थमन्त्रालयमा आयोजित मध्यवधी समीक्षा कार्यक्रममा अर्थमन्त्री डा।
काठमाडौं, २४ फागुन । सरकारले चालु आर्थिक वर्षको मध्यवधि समीक्षा गर्दै निर्वाचनको बाहनामा तत्कालिन नेपाली कांग्रेस र सो पार्टीका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको खुलासा गरेको छ । बुधवार साँझ अर्थमन्त्रालयमा आयोजित मध्यवधी समीक्षा कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले भने, ‘हाम्रो मुलुक धेरै निर्वाचनमा केन्द्रीत भइरहँदा राज्यका निकायहरु धेरै खुकुलो भएको मैले महसुस गरे ।’ निर्वाचन यसअघिको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा रहेको थियो । अर्थमन्त्रालय समेत देउवाका विश्वास पात्र डा। ज्ञानेन्द्र कार्कीले सम्हालेका थिए । डा। खतिवडाले आम निर्वाचनको बेला नेपालको राजश्व प्रभावित भई ठूलो रकम भ्रष्टाचार भएको आशंकातर्फ केन्द्रीत थियो । उनले थपे, त्यो सीमा क्षेत्रका हुन्, त्यो राज्यका अन्य निकायमा हुन्, त्यहाँका नट बोल्टुहरु खुकुला भएको अनुभूति गरेका छौं । अब तिनै खुकुला भएका नट बोल्टुहरु हामी कस्दैछौं, खुकुलो भएका जुईनाहरु बाध्दैछौं ।’ मन्त्री डा.खतिवडाले भन्सारबाट ठूलो राजश्व चुहावट भएको आशंका व्यक्त गर्दै भने, ‘जुन ढंगले आयात भैरहेको छ त्यो ठिक छ कि छैन भनेर हेर्ने र सो अनुरुप राजश्व संकलन भएको छ कि छैन भनेर पनि हेर्दैछौं ।
आयात व्यापारमा भएको वृद्धिलाई राजश्वले पनि प्रतिबिम्बित गर्नुपर्छ ।’ हामीले निर्धारण गरेको राजश्व संकलनको लक्ष्य भन्दा माथि जानु पर्ने छ । लक्ष्य भनेको न्यूनतम आधार मात्रै हो । हामीले कर भन्सार प्रणालीलाई सुधार गर्ने अभियान थालिसकेका छौं । डा. खतिवडाले नयाँ सरकारले राजश्वमा पूर्ववर्ती सरकारको पालामा ठूलो रकम ब्रम्हलूट भएको समेत आशंका व्यक्त गरेपनि अबको दिनमा राजश्व प्रशासनमा शून्य सहनशीलता अपनाएर अघि बढ्ने प्रष्ट पारेका छन् ।
बजेटको अर्थबार्षिक समीक्षामार्फत सरकारले देशमा उत्पन्न भएको तरलता समस्याको दीर्घकालिन रुपमा हल खोज्ने प्रयासमा जुटेको समेत देखिन आएको छ । कार्यक्रम मन्त्री डा। खतिवडाले ७।८ प्रतिशत आर्थिक वृद्धिदर कायम गराउने हो भने बाह्य पुँजी परिचालन अनिवार्य छ भएको र त्यसको लागि बैंक तथा वित्तिय संस्थाले विदेशी बैंकबाट निक्षेप ल्याउन सक्ने संकेत गरेका छन् ।
मन्त्री खतिवडाले अगाडि भने, ‘स्थानीय तहको पैसा खर्च हुने वित्तिकै तरलताको समस्या समाधान हुन्न । हाम्रो तरलताका समस्या अलि दीर्घकालिन प्रकृतिको हुनेछ । हामीले उच्च दरको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेका छौं । हाम्रो स्रोतले मात्रै तरलताको समाधान सम्भव हुन्न । खुद पुँजी प्रवाहका सबै अवयव चलायमान बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसकारण बैंक तथा वित्तिय संस्थाहरुले विदेशबाट पैसा ल्याएर काम गर्न सक्छन् भने त्यो अवसर पनि खोलौं भन्ने हो । हाम्रा बैंकहरुले बाहिर पार्किङ गरेको स्रोत छ भने पनि ल्याउन वातावरण बनाऔं भनेर राष्ट्र बैंकसँग मैले कुरा गरिसेको छु ।’
अर्थमन्त्री डा। खतिवडाले मुलुकमा विकासको लागि बाह्य पुँजि आवश्यक भएको धारणा व्यक्त गरेका छन् । उनले प्रत्यक्ष विदेशी लगानीको पक्षमा सरकार रहेको प्रष्ट पारेका छन् । ‘बाह्य पुँजीले आन्तरिक लगानीलाई कुनै असर गर्दैन् । बाह्य लगानीले आन्तरिक लगानीलाई प्रतिस्थापन गर्दैन, बरु प्रवद्र्धनमै सघाउँछ । प्रत्यक्ष विदेशी लगानी र आन्तरिक लागनीबीच परिपूरक भूमिका रहन्छ । त्यसकारण हाम्रो निजी क्षेत्रले बढि लगानी गर्ने अवसर पाउँछ । तरलता घटाउन, ब्याजदर स्थिर बनाउन र उच्च आर्थिक वृद्धिदर कायम गर्न बाह्य लगानीले सघाउँछ । उच्च आर्थिक वृद्धिदर हाम्रो आन्तरिक पुँजीले मात्रै सम्भव हुन्न ।’ अर्थमन्त्री डा। खतिवडाले भने ।
अर्धबार्षिक समीक्षामार्फत सरकारले महंगी पाँच प्रतिशत माथि जान नदिने बताइएको छ भने आर्थिक बृद्धि साढे छ प्रतिशत पु¥याउने संशोधित लक्ष्य प्रक्षेपण गरेको छ ।
अर्थसचिव शंकरप्रसाद अधिकारीले मध्यवधी समीक्षाको संक्षिप्त विवरण प्रस्तुत गर्दै चालु आवमा सरकारले बजेट भाषणमार्पत प्रस्तुत गरेको कूल १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेटलाई संशोधन गर्दै अब कूल १० खर्ब ८२ अर्ब रुपैयाँमात्रै खर्च हुने जनाएको छ । जसमध्य सात खर्ब हाराहारी चालु खर्च र साढे दुई खर्ब हाराहारी पुँजिगत खर्च रहेका छन् ।
Kumar Chauhan
यिनलाई चाहिँ केहि नहुने?
गरीब भुकम्प पीडितले लगेको ५००००/पचास हजार चाहिँ
कालो सुचिमा राख्ने ?
यहि हो त नेपालको कानुन दैवले जानुन? अरुलाइ महाअभियोग लगाउनेलाई कसैले अभियोग लगाउन हुन्न कि कसो?
Man Bhandari
Bharstachar gareko ho bhani chup lagera kina baseko ho ta bharastachar sidd garera saja dinu pardainata
Laxmi Subba Tabebung
Turunta xanbin Gari kada vanda kada danda sajaya hos.
Jay Gorkhali Nirman Sewa
gokryaunu ni sadak ma pradhan mantri vayera lutna gayeko ho?
Sarita Bhandari
भ्ष्टचार भएको भए छानबिन हुनु पर्यो दोषी भए सजाय हुनु हुनु पर्यो
Bishnu Bhandari
वाईघात ।
Sawsee Sharma
????
Hom Prasai
Sajaye Paunu Paro (Bhastta charile)
JN Marasini
अर्थमन्त्री ज्यु तु छानविन गरि एस्ता भ्रस्टचारिलाई जेल चलान गर्नुपर्छ ।
Bishwo Gauchan
It is quite obvious , he is the greatest corrupt followed by Chida Mani , Parajulia and Thapa . They be brought to justice immediately. The people are watching you , if you are committed to punish the corrupt or just try to mislead people. If you are serious, the above four must be in jail within a month.
Bhakta Bdr Sodari
Hoina hola
C.b. Karki
कार्बाहि गरेर असुलउपर गर्ने कदम के के चालियाे ? सरकारमा हुनेले असुल उपर पनि अरबाैंमा नै गर्ने हाे।
हल्ला गर्न मात्र त ईन्हुरेड ईन्टरनेशनल नेपाल नामकाे गैरसरकारी संस्था छदै छ नि !
Prakash Basnet
Proved garer kochi hale po kura garo xado yo ni kanun hoo??
Kit Diya Diyal
Khai griha mantri bata KHI makho Marla jasto lagdaina ultai varasta Chari ko Naya Janna hunxa ki jasto mahasus huna thalyo
Suresh Prajapati
Sheray lai bhastachar ko mudda halera thunu paryoo ni ta aab
Manoj Khadka
Kada karbahi gara.
Bhusal Gopal
भ्रस्टाचार गरेको हो भने कारबाही गर्न के ले रोक्यो त उखाने सरकारलाइ
उत्तम घिमिरे
विद्वान भनाउँदाले बच्चाले जस्ताे वाेल्ने हैन । प्रमाणित गरि कारवाहि गर ,धन्यवाद दिने छाैं ।
अाफुले खरबमा नगर्नु ।
अाेलिमति, हल्ला !!! कामले देखाउ ।
Om Bhujel
यसकाे छानबिन हुनु पछ
Gopal Kc
शेरेलाई पनि छोड्नु हुन्न ।कि सर्बस्व सहितको जन्मकैद कि सार्वजनिक बिदा पारेर टुडिखेलमा सबैको सामु झुण्ड्याईने ब्यवस्था हुनपर्छ।अनि मात्र केही सुधार अाउन सक्छ।नत्र त जोसँग पैसा र पावर छ उनिहरुले नै कानुनलाई खल्ती मा राखेर हिन्छन् त ,कसरप बनोस देश ? करोडौं र अर्वौ भ्रष्टाचार गर्छन् अनि छुट्ने बेलामा केही हजार र केही लाखमा दण्डित हुन्छन् त कसरी रोकिन्छ भ्रष्टाचार ? म त भन्छु यी भ्रष्टाचारि ,बलत्कारि ,राष्ट्रघाती लगायत अन्य जो कोहि पनि गम्भीर अपराध मा सामेल हुन्छन् उनिहरुलाई सोझै मृत्युदण्डको सजाय हुनुपर्छ।कानुन पक्को खाल्को अनि सबैलाई बराबरि कार्यान्वयन हुनुपर्यो ,गलत कृयाकलाप गर्नु पुर्व लाखौं पल्ट सोच्न बाध्य होस।।जय नेपाल
Jayaram Bhandari
भ्रष्टाचर गरेको भनेर भन्नुको सट्टा कारवाही गर्नुहोस