भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ

सारांश

  • काठमाडौं।
  • भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ।
  • निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन्।

काठमाडौं। भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ। निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन्।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर निरन्तर पहिरो आएपछि र हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धार प्रभावकारी हुन नसकेको हो। उद्धार प्रयासस्वरुप मानिसहरु रहेको ठीक माथिबाट प्वाल बनाउने तयारी भएको छ।

करिव १ सय मिटरमाथिबाट प्वाल बनाई उनीहरुको उद्धार गर्न लागिएको उद्धार टोली प्रमुख नमन नारुलाले जानकारी दिए। सुरुङमा ४१ जना फसेको स्थानीय सरकारी अधिकारी अभिषेक रुहेलाले पुष्टि गरेका छन्।

शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको हो। उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी भैरहेको जनाएका छन्।

सुरुङमा फसेकाको जीवन रक्षाका लागि खाना, पानी, अक्सिजन र औषधि ६ इन्च चौडा पाइपमार्फत पठाइएको छ। उद्धारमा ढिलाइ भएपछि सुरुङभित्र फसेकाहरू निराश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?