कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३० पटक हेरिएको
Shares
कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

सारांश

  • बेनी, म्याग्दी, २७ फागुन, राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ ।
  • बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिनुभएको छ ।
  • मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा रु चार करोड १७ लाख र पर्वतमा रु तीन करोड ९७ लाख मुआब्जा वितरण गरिने आयोजनाका लेखा प्रमुख सुवेदीले बताउनुभयो ।

बेनी, म्याग्दी, २७ फागुन, राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ ।

बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिनुभएको छ । मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा रु चार करोड १७ लाख र पर्वतमा रु तीन करोड ९७ लाख मुआब्जा वितरण गरिने आयोजनाका लेखा प्रमुख सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार म्याग्दीमा जग्गाको मूल्यांकन उच्च रहेका कारण अधिग्रहण गर्नुपर्ने जग्गा कम भए पनि बढी मुआब्जा रकम वितरण हुनेछ । “म्याग्दीमा ४० रोपनी र पर्वतमा ५५ रोपनी जग्गा अधिग्रहण हुने भए पनि म्याग्दीको दररेट बढी भएकाले यहाँ बढी वितरण हुन्छ”, उहाँले भन्नुभयोे । जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । म्याग्दी, पर्वत, मुस्ताङ क्षेत्रमा निर्माण चरणमा रहेका जलविद्युत् आयोजनालाई ध्यानमा राख्दै प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

प्रसारण लाइनका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । खुर्कोटदेखि बर्दघाटसम्म सरकारले दोस्रो चरणमा निर्माण गर्न प्राथमिकतामा राखेको छ । ४२ किलोमिटरको दाना–खुर्कोट प्रसारण लाइनलाई म्याग्दीको अन्नपूर्ण, रघुगंगा र पर्वतको जलजजा गाउँपालिकाका विभिन्न वडामा ११४ ठूला टावर निर्माण हुनेछन् । ती टावर रहने जग्गाको मुआब्जा वितरण गर्न लागिएको हो ।

आयोजनाका लेखा प्रमुख सुवेदीका अनुसार म्याग्दीमा प्रतिरोपनी रु १३ लाख र पर्वतमा १० लाखका दरले मुआब्जा वितरण हुनेछ । एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनका अतिरिक्त सबस्टेसन निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । रु दुई अर्ब ९० करोड लगानीमा निर्माण हुने सबस्टेसन र प्रसारण लाइनका लागि टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक जेभीले ठेक्का लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईडबडी प्रकरण: देउवाले थर्काएपछि संयोजक राजेन्द्र कुमार केसी बेपत्ता !
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ
भारतमा किसानको माग – चौबिसै घण्टा विद्युत नदेउ
सर्वोच्चले  तीन महिना सम्म किन  गर्न सकेन  सिलवालको फैसला  ?
सर्वोच्चले तीन महिना सम्म किन गर्न सकेन सिलवालको फैसला ?
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार

तपाईंले छुटाउनुभयो कि?