राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
सारांश
- काठमाडौं, २८ फागुन ।
- नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गो लगाएको हो ।
काठमाडौं, २८ फागुन । नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गो लगाएको हो ।
राष्ट्रिय सभाको अध्यक्षमा टुङ्गो लागेका तिमिल्सिना एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । उनी नेकपा एमालेको प्रदेश नम्बर ४ का सहसंयोजक पनि हुन् । उनी प्रदेश नं. ४ बाट एमालेबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । यसअघि परशुराम मेघी गुरुङ, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम पनि राष्ट्रियसभा अध्यक्षका लागि चर्चामा थियो ।
वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको थियो । उक्त सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष बन्ने पक्कापक्की भएको छ । एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन बुधवार दिउँसो १ बजे हुँदैछ ।
आज मनोनयन
राष्ट्रियसभा अध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि संसद भवनमा मनोनयन दर्ताको समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो १ः३० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।
BlonTamang Bahadurratna
samabeshi yei hola