कुलमानको आन्शुले पोल्ने छ ठग राजनिति दलहरुलाइ !!!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
५६४३ पटक हेरिएको
Shares
कुलमानको आन्शुले पोल्ने छ ठग राजनिति दलहरुलाइ !!!

सारांश

  • देशलाइ १७ घन्टा लोडसेडिङबाट मुक्त बनाइ २४ घन्टा उज्यालो दिन सफल इमानदार कुलमान यति बेला रुने अवस्थामा आएको छन, यि सबैको  कारण अरु कोहि नभई माओवादी र अन्य केहि राजनिति दल रहेको पुष्ठि हुन खोज्दै छ ।
  •  जाली झेली भ्रष्टाचारी र फटाहरुको ज्वालामुखिमा एक इमानदार कर्मचारी जिउदै जल्दै आइरहेको र इमान्दारीताको अन्त्य भएको जस्तो महशुस नेपाली  जनतामा हुन थालेको छ ।
  •  यदि साच्चि नै कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति नहुदो हो त हामी आजका दिन सम्म पनि कतै अन्धकारमा हराइ रहेका हुने थियौ ।

देशलाइ १७ घन्टा लोडसेडिङबाट मुक्त बनाइ २४ घन्टा उज्यालो दिन सफल इमानदार कुलमान यति बेला रुने अवस्थामा आएको छन, यि सबैको  कारण अरु कोहि नभई माओवादी र अन्य केहि राजनिति दल रहेको पुष्ठि हुन खोज्दै छ । जाली झेली भ्रष्टाचारी र फटाहरुको ज्वालामुखिमा एक इमानदार कर्मचारी जिउदै जल्दै आइरहेको र इमान्दारीताको अन्त्य भएको जस्तो महशुस नेपाली  जनतामा हुन थालेको छ । यदि साच्चि नै कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति नहुदो हो त हामी आजका दिन सम्म पनि कतै अन्धकारमा हराइ रहेका हुने थियौ ।  २४ घन्टाको समयमा १२ देखी १८ घन्टाको लोडसेडिङ खेप्दै आएका हामिलाई अन्धकार एक प्रकारको बानी जस्तै पर्दै आइ सकेको थियो ।

जब कुलमान घिसिङ बिधुत प्राधिकरणमा नियुक्ति भए र घोषणा गरे अबका ६ महिना भित्रमा म लोडसेडिङको अन्त्य गरि पुरै देशलाइ उज्यालो बनाउछु भन्दा हामी अन्धकारमा रमाउदै आएका अन्धकारका पारखीलाई एक किसिमको मज्जाक सुनाएको जस्तो महशुस भएकै थियो । जब दशै तिहार जस्तो बढी भन्दा बढी बिधुत खपत हुने समयमा लोडसेडिङ नभएको देख्दा जनताहरुको कुलमान प्रतिको बिश्वास झनै बढेर आयो र सम्भावना रहेछ भन्दै आशाका किरण पलाउदै आएको थियो  । 
प्राधिकरणले लोडसेडिङ्ग अन्त्यका अभियनलाई सार्थकता दिनका लागि दुई करोड एलइडी बल्ब आयत गर्ने विषयमा विभिन्न खालका टिक्का टिप्पणी आई रहेको समयमा विद्युतीय व्यवसायीहरुकाहरु समस्या पर्ने भन्दै नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) समेतले आईतबार ऊर्जा मन्त्रि जर्नादनलाई ज्ञापन पत्र बुझाएको थियो र राप्रपा नेपालका अध्यक्षले पनि आफ्नो टिविट्टर् पेज मार्फत
बिधुत् प्राधिकरण आफैले गर्नुपर्ने र गर्न सक्ने एल इ डी बल्ब खरिद प्रकरण मन्त्रीपरिषद निर्णय गराउनु नितिगत अनियमितताको ज्वलन्ता नमुना भएको भन्दै प्रतिकृया पनि दिनु भएको थियो ।

राजनिती घट्ना क्रम जे जस्तो भएता पनि देशको लागि केही राम्रो गर्छु भन्ने इमानदार कुलमान जस्तालाइ रुवाउनु राजनीति गरि ठगी खानेहरुका लागि महाभुल हुन सक्छ ।  हुन त देशमा एउटा कुलमान मात्र रोएका पनि होइन सिडियोलाइ झाप्पड हानी उल्टो माफी माग्न लगाइ रुवाएको पनि यहाँ यता कता सुनिन्छ, त्यस्तै सुनको तस्करको जालो नस्ट गर्ने अर्को इमानदार प्रहरी नबराज सिलवाल जस्तालाइ  झुठो आरोप लगाइ रुवाएको भनेर पनि चर्चा नचलेका  होइन, यसै क्रममा प्रधानन्यायाधीश सम्म रुने देशमा एउटा कुलमान रुनु कुनै आश्रच्यको बिषय पनि होइन भन्ने आम नेपालि जनताहरुको बुझाइ रहदै आएको छ । 

समिप गौतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?