कर्मचारीका अघि सांसद डराउनुपर्ने !
सारांश
- काठमाडौं ।
- हाम्रो देशमा कर्मचारी यतिधेरै बलिया छन् कि उनीहरुले जे चाह्यो त्यही हुन्छ ।
- यस्तै देखियो आइतबारको प्रस्तावित प्रधानन्यायाधी चोलेन्द्र समशेरको सुनुवाईमा ।
काठमाडौं । हाम्रो देशमा कर्मचारी यतिधेरै बलिया छन् कि उनीहरुले जे चाह्यो त्यही हुन्छ । यस्तै देखियो आइतबारको प्रस्तावित प्रधानन्यायाधी चोलेन्द्र समशेरको सुनुवाईमा ।
सुनुवाई समितिलाई ४ बजेभन्दा एक मिनेट पनि पछि काम गर्दैनौं भनेपछि सुनुवाई रोकियो । सांसद पार्वत गुरुङ बोल्दाबोल्दै ४ बज्यो भन्दै सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले वैठक रोकेका थिए ।
आइतबार १० जना जति सांसदले बोलिसकेका थिए । बाँकी ४ जना थिए र न्यायाधीश राणाले उत्तर दिएपछि सकिन्थ्यो । करिब १ घण्टाको समयमा काम सकिन्थ्यो । तर, कर्मचारीले अतिरिक्त काम नगर्ने भन्दै असहयोग गर्ने बताएपछि सभापति कर्ण डराएर वैठक रोकेका थिए । संघीय संसदमा अतिरिक्त समय काम गर्ने कर्मचारीले ओभरटाइम रकम पाउँदै आएका छन् । तरपनि कर्मचारीका अघि सांसद नै डराए ।
ठीक ४ बजे कर्मचारीका नेता वैठक अघि आएर बसे । त्यसपछि सुनुवाई समितिका सभापति कर्णले सुनुवाई नै रोकिहाले । उनले ४ बजेपछि कार्यालय बन्द हुने भएकाले सुनुवाई नै रोक्नुपरेको बताएका थिए । कर्मचारीको आन्दोलनको डरमा सांसद नै लुसुक्क परेर वैठक रोके ।
प्रस्तावित प्रधानन्यायाधीश राणले आफ्नो १५ पेजमा कार्ययोजना पेश गरेका थिए । समितिका सभापति कर्णले अपराह्नको ४ बज्न ३ मिनेट मात्र रहेको र छिटो प्रश्न गर्न आग्रह गरे । त्यसपछि कर्मचारी आन्दोलनका कारण आफूले बैठक अर्को दिन सार्नुपर्ने सुनाए ।
सांसदहरुले सुनुवाई प्रक्रिया आजै सक्नुपर्ने माग गरेपनि समितिका सभापति कर्णले कर्मचारीको आन्दोलनका कारण सम्भव नभएको भन्दै बैठक मंगलबारलाई सारे ।
प्रतिक्रिया