राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • आज सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।
  • भण्डारीलाई सत्तारुढ वाम गठबन्धनको समर्थन छ भने कुमारी लक्ष्मी राईलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसको समर्थन छ ।

काठमाडौं, २९ फागुन । आज सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई उम्मेदवार छन् । भण्डारीलाई सत्तारुढ वाम गठबन्धनको समर्थन छ भने कुमारी लक्ष्मी राईलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसको समर्थन छ ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका दुईमध्ये वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भारी मतान्तरले विजयी हुने निश्चितै छ । यो अवस्थामा कुमारी लक्ष्मी राईको हार पनि सुनिश्चितै हो । राष्ट्रपतिमा हार्ने र जित्ने यी दुबै चेलीको एउटा समानता छ । हार्ने र जित्ने दुबै भोजपुरकी चेली हुन् ।

दोस्रोपटक राष्ट्रपति चुनिने सौभाग्य प्राप्त गरेकी भण्डारी यसअघि २०७२ कार्तिक ११ गते पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी आमा मिथिला पाण्डे र बुवा स्व. रामबहादुर पाण्डेको कोखमा २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा जन्मिएकी थिइन् ।

त्यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राई पनि भोजपुरकी हुन् । राई भोजपुरका पुराना कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । देवानसिंह २०१५ सालमा सांसदमा निर्वाचित भएर बिपी कोइराला नेतृत्वको सरकारमा उपमन्त्री समेत बनेका थिए । मन्त्री भइसकेका देवानसिंहको पञ्चायतकालमा हत्या भएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gurung Man

    भनेसि बिकल्पमा न अरु ठाउको आयो न मान्छेको ।समाबेशी भन्ने सोंच कता गयो ? हरे पनि राष्ट्रपति बन्न हुने महिला पश्चिम तिर नरहेछ कि क्या हो ?

    Comment Author

    Khagen Rai Khagen Khagendrarai

    रा ज पा अनि फोरम ले नि सुतुक्क ए मा ले लाई भोत दियेछ ।अस्ति मेक् महाकाली पैदल यात्रा मा अवरोध पुर्‍यादा सप्तरी मा झदप हुद् कैयौं को ज्यान गयो फगत संविधान सम्सोधन को निहु मा ।फेरि अलि पछि बन्दा हडताल को आभान गर्नु बेर लौदैन है

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?