ओलीले गरे फोरमलाई प्रस्ताव – परराष्ट्र र सहरी विकास मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
  • सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।
  • राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।

राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो ।

एमालेले प्रधानमन्त्री कार्यालयसहित १० तथा माओवादीले ७ मन्त्रालय राखेर फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालयसँगै एक राज्यमन्त्री दिने प्रधानमन्त्री ओली र प्रचण्डबीच मोटामोटी समझदारी भएको छ ।

यो समझदारीलगत्तै फोरमसँग राजनीतिक सहमतिका लागि अन्तिम ‘निर्णायक वार्ता’ टुंग्याएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री लागेको उनीनिकट एक नेताले बताए । आजको नयाँ पत्रिकामा खबर  छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?