६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • बेनी, म्याग्दी, ६ चैत, भनिन्छ नि !
  • आमा जगत् जननी हुन् ।
  • जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् ।

बेनी, म्याग्दी, ६ चैत, भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् ।

यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उहाँले माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मिर्गौला दिएर उसलाई नयाँ जीवनसमेत दिनुभयो । उनानसत्तरी वर्षीया भुलमती मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगेर मिर्गौला प्रत्यारोपण गरेपछि पछि प्रसन्न हुनुहुन्छ ।
“छोराले मृत्युसंग संघर्ष गरिरहेका बेलामा श्रीमतीले शक्ति दिइन् । दुवैजनाको हेरचाह गरिरहेको छु” धनबहादुरका पिता लिलबहादुरले भन्नुभयो । रोजगारको सिलसिलामा साउदी अरबमा पुग्नुभएका धनबहादुरको स्वास्थ्य परीक्षणमा दुवै मिर्गौलामा खराबी देखिएपछि एक महिना साउदीमै उपचार गरी घर फर्किनुभएको थियो । काठमाडौँका विभिन्न अस्पतालमा उपचारको क्रममा बुढाथोकीका लागि आमा, बुबा र दिदीले मिर्गौला दिन तयार भए पनि आमाको मिर्गौला मिल्ने भएपछि प्रक्रिया अगाडि बढेको थियो ।

आमाको मिर्गौलाले नयाँ जीवन पाएको बताउँदै धनबहादुरले बल्ल आमाको महत्व थाहा पाएको बताउनुभयो । “छोराछोरीका दुखःकष्ट सबै आमाबाटै सुल्झने रहेछ । उहाँले धेरै दुःख खेपेर मलाई दोस्रो जन्मदिनुभयो । आमा सर्वशक्तिमान हुनुहुन्छ” उहाँले भन्नुभयो ।

धनबहादुरको उपचारमा स्वदेश तथा विदेशमा रहेका मल्कवाङवासीको सक्रियतामा आर्थिक संकलन भएको थियो । करिब रु पाँच लाखभन्दा बढी सहयोग संकलन भएको आफन्तको भनाइ छ । अझै नियमित औषधिका लागि रकम अपुग भएको परिवारको गुनासो छ । कोठा भाडा, खाना, यातायात खर्च र नियमित औषधिका लागि परिवारले सहयोगको याचना गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?