चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध !
सारांश
- स्थानीय चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।
- निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो ।
- निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।
स्थानीय चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।
निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।
‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ,’ अर्यालले भने, ‘मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो ।’
छिनछिनमा सूचना आदान–प्रदान गर्नुपर्ने भएकाले मतदान अधिकृतलाई भने मोबाइल छुट दिइएको भन्दै अर्यालले भने, ‘तर, मतदान अधिकृतले पनि साइलेन्ट मोडमा राख्नुपर्छ ।’
कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको उनले बताए । मतपत्र लिनुअघि नै मोबाइल साथमा हुन नहुने उनले बताए ।
‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ अर्यालले भने ।
प्रतिक्रिया