बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न

सारांश

  • मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ ।
  • कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो ।
  • प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ ।

मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ।

परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ ।’

यसरी भयो घटना
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन् । त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए । बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते । फकाउँदै गोदावरीस्थित कोठामा लगे । बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे । अनि पालैपालो बलात्कार गरे ।

एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए । एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए । अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए । त्यसपछि उनी घर पुगिन् ।

घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । परिसरका डिएसपी थापाले भने, ‘पक्राउ परेका अभियुक्तबारे अहिले केही खुलाइएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले विवरण नखुलाइएको हो । घटनामा संलग्न सबै अभियुक्त पक्राउपछि उनीहरूलाई सार्वजनिक गरिनेछ ।’

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
नेपाल टेलिकमलाई २४ घण्टे अल्टिमेटम
नेपाल टेलिकमलाई २४ घण्टे अल्टिमेटम
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ताेडफाेड गर्नेलाइ कारबाहि गरीने
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

तपाईंले छुटाउनुभयो कि?