यसरी लिए न्याय परिषद्का सचिव निरौलाले पराजुलीसंग बदला !
सारांश
- काठमाडौ ।
- सर्वोच्च अदालत यतिबेला विवादमा छ ।
- आन्तरिक र बाह्य दबाब र चलखेलका कारण न्यायाधीशदेखि कर्मचारीसम्म झगडा गरिरहेका छन् ।
काठमाडौ । सर्वोच्च अदालत यतिबेला विवादमा छ । आन्तरिक र बाह्य दबाब र चलखेलका कारण न्यायाधीशदेखि कर्मचारीसम्म झगडा गरिरहेका छन् । यही वीचमा जब गोपल पराजुलीलाई पदमुक्त गर्न न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी पत्र लेखे त्यसपछि अदालतभित्रको चलखेल झन धेरै उदांगो भएको छ ।

पराजुली र निरौलाको सम्बन्ध कस्तो
खासमा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली र परिषदका सचिव नृपध्वज निरौलाको सम्बन्ध राम्रो थिएन । पहिला सामान्य सम्बन्ध भएपनि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको नजिकमा रहेका काम गरेका निरौलाले पराजुलीविरुद्धका गतिविधि त्यतिबेला नै सुरु गरेका थिए । त्यसको पर्दाफास भने कार्की अवकाश हुने बेलामा निरौलाकै सुझवुझमा पराजुलीको जन्ममिति विवाद भन्दै रिट दर्ता गराउन केही कानून व्यवसायीलाई उकासेको आरोप छ ।
त्यसभन्दा पहिला नै केही मिडियाहरु भने निरन्तर पराजुलीलाई जन्ममिति विवाद निकालिरहेका थिए । तत्कालीन प्रधानन्यायाधीश कार्की वेटिङ प्रधानन्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन २१ कायम गर्न चाहिन्थन् । त्यसमा साथ दिएका थिए निरौलाले । त्यतिबेला निरौला सर्वोच्च अदालतको रजिस्टर पदमा कार्यरत थिए । तर, पराजुलीको चारित्रिक प्रमाण पत्रमा २०१० वैशाख १६ भएको भन्दै पराजुली र उनका पक्षधरहरु सोही मिति कायम गर्न चाहन्थे । त्यतिबेलाका रजिष्ट्रार निरौलाकै सुझवुझमा गत जेठमा पराजुलीको विरुद्धमा रिट दर्ता गरियो । झलै त्यो रिट अगाडि बढेन र कार्कीको अवकाश पनि भयो ।
आफ्नो जन्ममितिमा लफडा निकाल्न कार्कीसंग मिलेको भन्दै पराजुलीले आपूm प्रधानन्यायाधीश भएपछि निरौलालाई वेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको सचिवमा सरुवा गरिदिए । हुन त, यो सेवा समूहभन्दा फरक समूहमा सरुवा गरिएको थियो ।
पराजुलीले निरौलालाई त्यता पठाएपछि निरौला पनि खुवै चिढिएका थिए र मौकाको पखाईमा थिए सायद । त्यतिबेला दर्ता भएको रिटको सुनुवाई भएको भए र पराजुलीको विपक्षीमा फैसला वा आदेश आएको भएर पराजुली २०७४ साउन २१ गते नै अवकाश पाइसकेका हुन्थे । खासमा कार्की र निरौलाको योजना त्यही पनि थियो तर रिट दर्ता गर्ने वकिल विकास गिरी नै वेपत्ता भएपछि सुनुवाई अगाडि बढेन र पछि गिरीले रिट फिर्ता लिए । पराजुली र निरौलाको त्यतिबेलाबाट सुरु भएको चर्को विवाद २०७४ फागुन ३० गते पटाक्ष्ँेप भयो । फरक समूहमा सरुवा गरेर पठाएको भन्दै रिसाएका सचिव निरौला जब न्याय परिषदको सचिवमा आईपुगे अनि निरौलाले पराजुलीमाथि खनिए ।
पहिला जे चाहेका थिए निरौलाले त्यसै अनुसार २०७४ साउन २१ मै प्रधानन्यायधिशको पदमुक्त भइसकेको पत्र पठाए । प्रधानन्यायाधीश हुने वित्तिकै पराजुलीले परिषदको सचिवमा नहकुल सुवेदीलाई सर्वोच्चमा ल्याएर मुख्य रजिष्टार बनाए । पछि उच्च अदालतको न्यायाधीश पनि बनाए ।
खासमा निरौलालाई हटाउन सुवेदीलाई तानिएको थियो । अनि सुवेदी न्यायाधीश भएपछि मुख्य रजिष्टारको पदका दावेदार थिए निरौला । सेवा समूहभित्रका वरिष्ठ भएको भन्दै निरौलाको दावी थियो । तर, पराजुलीले निरौलालाई उक्त पदमा ल्याएन र सुवेदीपछि परिषदमा सचिव भएका राजन भट्टराईलाई मुख्य रजिष्टार बनाए । त्यसपछि पराजुली र निरौलाको सम्बन्ध झन विग्रियो ।
भट्टराईलाई तानेपछि परिषदको सचिव पद रिक्त थियो भने सरकारी वकिल समूहबाट कृष्णजीवी घिमिरे सचिवमा बढुवा भएपछि घिमिरेको पदस्थापन वेपत्ता आयोगमा भयो । २०७४ माघ १७ मा निरौला न्याय परिषदको सचिव हुन आइपुगे । परिषदको सचिव भएको २ महिना पनि नपुग्दै प्रधानन्यायाधीश हटाउने कर्ताकारुपमा देखा परे निरौला ।
३ अर्बका परियोजना अदालतमा
अहिले न्यायलयभित्र जे भइरहेको छ, त्यसमा दातृनिकाय र आइएनजीओवालाहरुको प्रभाव पनि छ । अदालत जस्तो संवेदनशील क्ष्ँेत्रमा दातृनिकायले खुलेआम परियोजना सञ्चालन गरेका छन् । अहिले जाइका, युएनडीपीसहितका दातृनिकायले सर्वोच्च अदालतमा करीब ३ अर्बका परियोजना सञ्चालन गरिरहेका छन् । ती परियोजनाको प्रभावमा अदालतका इजलासमसेत प्रभावित हुने गरेका छन् । अदालतमा परियोजना भित्र्याउनेदेखि दातृनिकाय र आइएनजीओको प्रभावमा रहेका व्यक्तिहरु समेत न्यायाधीश छन् । सोही कारण अहिले पराजुली प्रकरणमा उनीहरुको भूमिका देखियो ।
आइएनजीओवाला भनेर चिनिएका न्यायाधीशले पराजुलीको इजलास बहिस्कार गर्ने भन्दै विदामा बस्ने हंगामा पनि चलाए । अदालतभित्र आईएनजीओ र दातृनिकायका परियोजना बन्द गर्नुपर्ने तर्क पनि उठेको छ । नेपालका सरकारी संस्थाहरुको विश्वास कमजोर बनाउन यस्ता खेल र परियोजना सञ्चालन हुने गरेको वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको भनाई छ । उनको भनाइमा अदालतमा आईएनजीओका परियोजना बन्द गर्नुपर्छ ।
(साँघु साप्ताहिकबाट)
Bhakta Bdr Sodari
Bandha gar
Om Sagar Shrestha
Sena ma jati vrastachar anta kaha hola ra ..uni haru na kasaile aula uthauna paune na kasaile sodhna paune..lutnu luteka chaan..
Shyam Fayal
Yi niraulani fataha nai rahexan.
Shiva Prasad Parajuli
यि फेसबुके पत्रकार हरुको कुरो बुझ्न कठिन छ जता काफल पाक्यो उतै चरी नाच्यो ।
Nirdoshi Adhikari
स्वच्छ भनेको न्यालयको कुरा जनता ले कसरी बुझ्नु , न्यायाधीश ले बुझ्न गार्हो परिसक्यो।।