नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

सारांश

  • काठमाडौँ, ६ माघ  ।
  • नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।
  • दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गर्नुभएको छ ।

काठमाडौँ, ६ माघ  । नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गर्नुभएको छ ।

“नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं”– विज्ञप्तिमा भनिएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन दलले सरकारसँग जोडदार माग गरेको छ ।

अतिक्रमण बन्द नभए भूमि रक्षाको लागि जुनसुकै कदम चाल्न दल बाध्य हुने भनी सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?