सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
सारांश
- काठमाडौं, ९ चैत ।
- सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
- काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ गइरहेको बस दुर्घटनाग्रस्त भएको हो ।
काठमाडौं, ९ चैत । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ गइरहेको बस दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका– १२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको बताइएको छ । बा २ ख ४३२५ नम्बरको बस सडकबाट करीव ५० मिटर तल खसेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरूको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया