लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु

सारांश

  • सिन्धुपाल्चोक ।
  • मेलम्ची नगरपालिका १३, फटकशीलाकी कान्छीमाया डोटेलले बिहीबार एक समारोहकाबीच आफूले वर्षौदेखि खनजोत गर्दै आएको जमिनको लालपुर्जा पाइन् ।
  • फटकशीलाको फड्केश्वरमा आयोजित आलपुर्जा वितरण कार्यक्रममा प्रदेश नम्बर तीनका भूमिसुधार मन्त्री दावादोर्जेको हातबाट आफूले खनजोत गर्दै आएको जमिनको लालपुर्जा ग्रहण गर्दा उनको आँखामा खुसीको आँशु छचल्किएको थियो ।

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १३, फटकशीलाकी कान्छीमाया डोटेलले बिहीबार एक समारोहकाबीच आफूले वर्षौदेखि खनजोत गर्दै आएको जमिनको लालपुर्जा पाइन् । फटकशीलाको फड्केश्वरमा आयोजित आलपुर्जा वितरण कार्यक्रममा प्रदेश नम्बर तीनका भूमिसुधार मन्त्री दावादोर्जेको हातबाट आफूले खनजोत गर्दै आएको जमिनको लालपुर्जा ग्रहण गर्दा उनको आँखामा खुसीको आँशु छचल्किएको थियो ।

‘पुस्तौदेखि खनजोत गर्र्दै आएको जग्गा हाम्रो नाममा हाम्रो थिएन । हामीलाई आफ्नै देशमा पनि दोस्रो दर्जाको नागरिकजस्तो लाग्थ्यो’ डोटेलले खुसी हुँदै भनिन्, ‘आज जग्गाको लालपुर्जा पाउँदा हामीलाई पनि यहीं देशको मान्छेजस्तो भएको छ ।’

‘गाउँमा रैकर जग्गा हुनेहरुको शान नै बेग्लै हुन्छ । हामीलाई हेपेर बोल्थे । अब त हामीले पनि जग्गाको लालपुर्जा पायौं । अब कसैले हेप्न सक्दैन ।’ उनले खुसी व्यक्त गरिन् । कान्छीमाया डाटेल मात्रै होइनन्, फटकशीलाका एक सय ३७ परिवारले बिहीबार आफूले खनजोत गर्दै आएको जमिनको लालपुर्जा पाए । र, उनीहरु यसैगरी खुसी भए ।

फटकशीलाका साडे चार सय भन्दा बढी परिवारका मानिसले पशुपति गुठीको नाममा रहेको जग्गा भोगचलन गर्दै आएका छन् । उनीहरुले आफ्नो रगत, पसिना त्यहींको माटोमा बगाएर माटोलाई उर्वर बनाएका छन् । तर, उनीहरुले पसिना बगाएको जग्गा काठमाडौंको पशुपतिनाथ मन्दिरको नाममा थियो । उनीहरुले कमाइ गरेर पशुपतिनाथलाई तिरो तिर्ने गरेका थिए ।

आफूले भोग चलन गरेको जग्गाको स्वामित्व नहुँदा त्यस क्षेत्रका नागरिकले औधि सास्तीको सामना गर्नुपरेको थियो । ‘न त जग्गा धीतो राख्न मिल्ने, न त किनबेच नै ।’ लालपुर्जा पाएपछि एक किसानले भने, ‘दुःख जति आफूले गर्यो, फाइदा अरुलाई । न त स्वामित्व नै आफ्नो थियो । अब चाहीं बल्ल आफूले दुख गरेको जमिन आफ्नो जस्तो लागेको छ ।’

जग्गाको लालपुर्जा नभएकै कारण त्यस क्षेत्रका भूकम्पपीडित नागरिकले कुनै पनि सरकारी अनुदान पाएका छैनन् । जसकारण उनीहरुले आवास पुनर्निर्माण समेत सुरु गर्न सकेका छैनन् । अब लालपुर्जा पाएपछि छिट्टै घर बनाउन थाल्ने उनीहरुको प्रतिक्रिया छ ।

समारोहमा लालपुर्जा वितरण गर्दै तीन नम्बर प्रदेशमा भूमिसुधार मन्त्री दावादोर्जे लामाले अब क्रमशः सबै गुठी जग्गालाई रैकर गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । भूमिसुधारसम्बन्धी कानुन बनाउने जिम्मा प्रदेशसभालाई भएको बताउँदै उनले भूमिको उचित व्यवस्थापनबिना मुलुकको समृद्धि असम्भव भएको बताए ।

त्यस्तै कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सदस्य एवम् भूमि अधिकार आन्दोलनका अभियन्ता सरेश नेपालले भूमि व्यवस्थापनको मुद्दा वर्गीय भएको र ठूलो लडाईपछि फटकशीलाबासीलाई लालपुर्जा वितरण गर्न सकिने अवस्था आएको बताए । काठमाडौंको पशुपतिनाथ गरिब नभएको र त्यो पाल्ने जिम्मा फटकशीलाबासीको हुन नसक्ने भन्दै नेपालले लालपुर्जा पाउन बाँकी भएकालाई पनि छिट्टै लालपुर्जा उपलब्ध गराउने गरी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले पनि गुठीको जग्गा रैकर गर्न आफूले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा भूमिअधिकारको पक्षमा लड्दै र वकालत गर्दै आएकी भूमिअभियन्ता एवम् सीएसआरसीकी मेनेजर कल्पना कार्कीले आफूले खनजोत गर्दै आएको जमिनमा अरुको स्वामित्व स्विकार्य नहुने र त्यसका लागि आफूले निरन्तर संघर्ष गर्ने बचनबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Radha Bhattarai

    Very good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
आज असार ६ गतेको राशीफल यस्तो छ
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
वडाध्यक्षकाे घर भत्काइयाे
वडाध्यक्षकाे घर भत्काइयाे
प्रधानमन्त्री ओलीले साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्दै
सप्तरीमा चुनावी गतिविधि बढ्दो
सप्तरीमा चुनावी गतिविधि बढ्दो
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
Online Spor Bahisleri 1xbet’te ᐉ 1xbet Globa

तपाईंले छुटाउनुभयो कि?