लालु यादवलाई १४ बर्ष जेल सजाय
सारांश
- राँची, झारखण्ड, १० चैत, भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
- उहाँ सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ ।
- सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात बर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताउनु भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया