युक्रेनको राजधानी किएभमा रुसले गर्यो मिसाइल आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
युक्रेनको राजधानी किएभमा रुसले गर्यो  मिसाइल आक्रमण

सारांश

  • एजेन्सी ।
  • रुसले युक्रेनको राजधानी किएभमा सोमवार बिहानै मिसाइल आक्रमण गरेको छ ।
  • आक्रमणको क्रममा भएका धेरैवटा विस्फोटनमा मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्।

एजेन्सी । रुसले युक्रेनको राजधानी किएभमा सोमवार बिहानै मिसाइल आक्रमण गरेको छ । आक्रमणको क्रममा भएका धेरैवटा विस्फोटनमा मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्।

युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ। कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो।

बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्। आक्रमण अझै जारी रहेको बताईएको छ । बिबिसीक अनुसार ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्। यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो।

आक्रमणपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेन र युक्रेनी जनतालाई पृथ्वीबाट नै समाप्त पार्न खोजेको बताएका छन् । उनले सबैलाई घर भित्र रहन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?