देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला

सारांश

  • शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।
  • गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पु-याउने निर्णय भएको सार्वजनिक गरिएको थियो ।
  • तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नै छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।

गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पु-याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नै छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरे । ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै हुन्छ, त्यहीँ हेर्नुस् ।

त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भन्ने बुझ्नुस्’, उनले नयाँ पत्रिकासँग भने । मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमा यस्तो निर्णय भएको कतै उल्लेख छैन् ।

तत्कालिन सरकारका एक वरिष्ठ मन्त्रीले पनि भुकम्पपीडितलाई थप अनुदान दिने निर्णय नभएको बताए ।

‘मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितको अनुदान बढाउनेबारे छलफल भएको हो, निर्णय भएको होइन । छलफल चलेकै विषयलाई सञ्चारमन्त्रीले निर्णय भएको भन्दै मिडियालाई सूचना दिए । मैले पनि मिडियाहरूमा देखेँ, तर छलफलको विषय निर्णयको तहमा पुगेकै थिएन,’ ति मन्त्रीले भने ।

१० माघको मन्त्रीपरिषद् बैठकपछि तत्कालीन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको बताएका थिए ।

‘भूकम्पपीडितले ३ लाख अनुदान पाउने भनिएकोमा अब ४ लाख रुपैयाँ पाउनेछन्,’ उनले भनेका थिए । तर, सो मन्त्रिपरिषद् बैठकको माइन्युटमा भूकम्पपीडित र बाढीपीडितलाई अनुदान बढाउने कुनै विषय उल्लेख छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि भूकम्पपीडितलाई अनुदान रकम थप गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गरेको विषयमा आफूलाई जानकारी नभएको बताए ।

‘सरकारले त्यस सम्बन्धमा घोषणा गरेको मिडियाबाट थाहा पाएको हुँ तर मन्त्रीपरिषद्ले निर्णय नै गरेको होलाजस्तो मलाई लाग्दैन, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट अहिलेसम्म यस सम्बन्धमा कुनै निर्देशन आएको छैन्’ उनले भने ।

तत्कालीन सञ्चारमन्त्री बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने विषयमा मन्त्रीपरिषद् निर्णय गरेको दाबी अहिले पनि गरे ।

‘सरकारको प्रवक्ताका रुपमा त्यो कुरा मैले मिडियामा बताएकै हो । मन्त्रीपरिषद्ले गरेको निर्णयलाई माइन्युटिङ नगर्ने भन्ने हुँदैन । त्यो निर्णय लुकाइएको हुनसक्छ । यदि त्यो कार्यान्वयन नगर्ने भनियो भने त्यसका विरुद्धमा मै उत्रिन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
त्रिदेशीय मोटर ¥याली चितवनमा
त्रिदेशीय मोटर ¥याली चितवनमा
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री