आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने

सारांश

  • आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
  •  महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
  • दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको ९वध० ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

तलेजु भवानी खुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।

xc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता
टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने
असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
उपत्यकामा लकडाउनः प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !