के काठमाडौंवासी नयाँ वैकल्पिक शक्ती खोज्दै छन ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
७८९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौंको मत परीणामलाई हेर्दा भारतको केजरिवाल खोज्दै छन काठमाडौंवासीहरु भन्ने बुझिन्छ ।
  • मत गणनाको सुरुवाती अवस्तालाई हेर्दा वैकल्पिक शक्तीको खोजी गर्दैछन काठमाडौवासी भन्ने प्रस्टै हुन्छ ।
  • यही अवस्तामा मत खसेको पाईयो भने विवेकशील नेपाली दल र साझा पाटीले कांग्रेस जस्तो लार्जेस पाटीलाई पछी पारेर एमाले सँग प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौंको मत परीणामलाई हेर्दा भारतको केजरिवाल खोज्दै छन काठमाडौंवासीहरु भन्ने बुझिन्छ । मत गणनाको सुरुवाती अवस्तालाई हेर्दा वैकल्पिक शक्तीको खोजी गर्दैछन काठमाडौवासी भन्ने प्रस्टै हुन्छ । यही अवस्तामा मत खसेको पाईयो भने विवेकशील नेपाली दल र साझा पाटीले कांग्रेस जस्तो लार्जेस पाटीलाई पछी पारेर एमाले सँग प्रतिस्पर्धा गर्दैछ । हाल सम्मको मत गणनाको परिणाममा राप्रपा सँगको तालमेलमा एमालेका विध्या सुन्धर शाक्य ५६ मतको अग्रता लियर अगाडि बड्दैछन भने उनलाई पक्षउदै साझा पाटिका उमेद्वार किशोर थापा ३७ मतमा साथ पछी पछी छन । कांग्रेसका राजुराज जोशी ३६ मतले तेस्रो स्थानमा छन त्यस्तै विवेकशिल नेपाल दलकी रन्जु दर्शना ३१ मतका साथमा राजुराज जोशीको पछी पछी छिन । हुनत भखरै गन्न थालियको मतलाई आधार मानेर यसै भन्नत सकिदैन तर पनि यही रफ्तामा मतदाताले मतदान गरेका छन भने काठमाडौंवासीले राप्रपा सँगको तालमेल एमालेलाई पनि भेट्ने सम्भावना देखिन्छ । यो प्रर्म्भिक मतगणनाको एउटा आधार मात्रै हो । लाखौं भोट भएको काठमाडौंको केही मतगणनालाई लियर यसै हुन्छ भन्न भने सकिन्न । काठमाडौं बाट राप्रपाले बिदा लिएको जस्तो देखिन्छ त्यस्तै माओवादी केन्द्रको हालत पनि हाल सम्म तेस्तै छ । नयाँ शक्तीको नयाँ नाराले पनि खासै प्रभाव परेको देखियन । बरु महिना आघडी खुलेको साझा पाटीमा मतदातको चाख रहेको हाल सम्मको परिणामले देखयको पाइयो ।

विजय तिमीलसिना 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?