मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”

सारांश

  • काठमाडौं, २२ चैत ।
  • पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन् ।
  • बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

काठमाडौं, २२ चैत । पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन् ।

बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका थिए ।

नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने बताउँदै सभामुख महराले विज्ञानको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताए । “जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुस्”, महराले भने, “हामी तपाईंको साथमा छौं ।”

भेटमा वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिदा आफ्नो आत्मबल बढेको बताए । आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि बताउनुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    KP Adhikari

    बिज्ञानको होईन श्रृष्टिको नियम हो, कस्ता कस्ता पटमूर्ख लाई सभामूख मान्नूपर्ने नेपालीहरूले।श्रृष्टि पछि मात्रै बिज्ञानको शुरु भयो। जन्म र मृत्यु त सृष्टिकै अभिन्न अंग हून्।
    मदनकृष्ण दाइको पत्नी बियोगले हामी सबै भावबिव्हल भएका छौ।
    भावपूर्ण श्रद्धान्जली।

    Comment Author

    Min Raj Sapkota

    धन्न इशुको भनेन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?